सञ्चालन अनुमति नपाएको असपतालको मन्त्रीद्वारा उद्घाटन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सञ्चालन अनुमति नपाएको असपतालको मन्त्रीद्वारा उद्घाटन



हिमाल पोष्ट / ७ मंसिर, काठमाडौं ।
सञ्चालन अनुमति नै नलिएको नुवाकोट तारुका १ चौतारा गाउँमा निर्माण भएको गौरापार्वती सामुदायिक अस्पतालको भवन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आइतबार उद्घाटन गरेका छन् ।
स्विट्जरल्यान्डका नागरिक बनहार्ट बुलरले जुटाएको सहयोगबाट ६५ रुपैयाँमा निमार्ण भएको अस्पतालले आइतबारसम्म जिल्ला जनस्वास्थ कार्यालयबाट सञ्चालको अनुमति नपाएको आजको नयाँ पत्रिकामा समाचार छ ।

ती बेडको भनिएको अस्पतालले कार्यालयबाट अनुमति नलिएको स्वास्थ्य निरीक्षक टलकमान श्रेष्ठले बसताए । ‘कार्यालयमा अनुमतिका लागि उक्त अस्पताल आएको छैन, अनुमतिको दर्ता गरी प्रक्रिया अघि बढाउने म आफैँ हुँ, मेरो जानकारीमा छैन,’ उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्याललयले २५ बेडसम्मको निजी तथा सामुदायिक अस्पताल सञ्चालन अनुमति दिने र नवीकरण गर्न पाउने व्यवस्था छ ।