अपांगलाई बाख्रा र कृषक हरु लाई स्प्रे ट्याङ्की वितरण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अपांगलाई बाख्रा र कृषक हरु लाई स्प्रे ट्याङ्की वितरण



लिला जङ्ग शाहि /बाैनिया,कैलाली ।
बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ ले कृषि कार्यक्रम अन्तर्गत अाफ्नाे वडा लाई विभिन्न २० वटा टाेलहरुमा विभाजन गरि शनिबार प्रत्येक टाेलमा १ स्प्रे ट्याङ्की का दरले २० वटा स्प्रे ट्याङ्की वितरण गरेको वडा नम्बर ३ का वडा सचिव राम भजन चाैधरिले जानकारि दिनुुुभएकाे छ।

शनिबार वडा कार्यलय खैरेनिमा वडा अध्यक्ष करने सुनारकाे अध्यक्ष्यतामा भएको कार्यक्रममा साेहि अवसरमा लक्षित वर्ग अन्तरगत अपाङ्ग हरुका लागि ३६ जनालाई जनहि १ बाख्रा का दरले ३६ वटा बाख्रा समेत वितरण गरियकाे वडा सचिव चाैधरिले जाकारि दिएका छन् ।

वडा नम्बर ३ मा कृषक र अपांग काे संख्या अधिक रहेकाले अाफुहरुले वडा कार्यलयले अार्थिक बर्ष २०७४/७५ काे बिनियाेजित बजेट बाट सामाग्रिहरु वितरण गरियकाे वडा अध्यक्ष करने सुनारले जानकारि दिदै अागामि बर्षहरुमा समेत कार्यक्रम ले निरन्तरता पाउने जानकारि दियका छन् ।

वडा नम्बर ३ मा रहेका विभिन्न सामुदायिक बन,बिधुत सहकारि संस्था र पत्रकारहरुकाे समेत कार्यक्रम मा सहभागिता रहेकाे छ । बार्खा प्राप्त गरिसकेपछि हामी सङ्ग कुरा गर्दै अाफुहरुलाइ अब जीवन निर्वाह गर्न सहज हुने प्रतिक्रिया दियका छन् । कार्यक्रम काे सञ्चालन वडा सदस्य टंक अाेलिले गर्नु भएको थियाे ।