अपराधीको पासपोर्ट रद्द हुने « Himal Post | Online News Revolution
Logo

अपराधीको पासपोर्ट रद्द हुने



भदौ २९, काठामाडौं-

अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन  नेपाल प्रहरीले उनीहरुको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ ।

अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न परराष्ट्र मन्त्रालय र सम्बन्धीत देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो ।

बैंकिङ कसूर, वन्यजन्तु अपराध, मानव तस्करी, साइबर अपराध लगायतका कसूरमा संलग्न भइभागेका अभियुक्त फिर्ता गर्न सीआइबीले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग कूटनीतिक पहल थालेको हो ।