एपिएलमा आज तीन खेल, सुपर सुपा,नमस्ते अर्घाखाँची र एड्भान्स अर्घा विजयी ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एपिएलमा आज तीन खेल, सुपर सुपा,नमस्ते अर्घाखाँची र एड्भान्स अर्घा विजयी !



अर्घाखाँची /कमल बिस्ट( जेष्ठ १५)

सन्धिखर्कमा जारी अर्घाखाँची प्रीमियर लिग एपिएलमा आज तीन खेल सम्पन्न भएका छ्न, प्रतियोगिताको पहिलो खेल नमस्ते अर्घाखाँची र सुपर सुपा बिच भएको थियो जस्मा सुपर सुपा २८ रनले विजयी भएको थियो ।त्रिभुज कार्कीको कप्तानिमा मैदान उत्रेको सुपर सुपाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन जोडेको थियो , १३३ रनको लक्ष्य पछ्याउँदै जीवन भट्टराईको कप्तानिमा मैदान छिरेको नमस्ते अर्घाखाँची १०४ रनमा अल आउट भएपछि सुपर सुपा इलाभेनले २८ रनले विजयी भएको हो जस्मा सुपर सुपाका दिनेश पुरी म्यान अफ दि म्याच घोशित भएका थिए ।त्यस्तै विक्रम भुसालको कप्तानिमा रहेकोएडभान्स अर्घा र रोयल सन्धिखर्क बिच भएको दोस्रो खेलमा एड्भान्स अर्घाले रोयल सन्धिखर्कलाइ १६१ रनको चुनौती पेस गर्‍यो , जसको जवाफी ब्याटिङमा जगत क्षेत्रीको कप्तानिमा रहेको रोयल सन्धिखर्कले निर्धरित २० ओभरमा १५४ रन जोड्दै अल आउट भएपछि एड्भान्स अर्घा ७ रनले विजयी भयो ।

त्यसै गरी आजै सम्पन्न नमस्ते अर्घाखाँची र रोयल सन्धिखर्क बिचको तेस्रो खेलमा रोयल सन्धिखर्कले नमस्ते अर्घाखाँचीलाई १०० रनको झिनो लक्ष्य पेस गरेको थियो , जस्मा नमस्ते अर्घाखाँचीले आक्रमक ब्याटिङ गर्दै १५ ओभर मै लक्ष्य पूरा गरी ७ विकेटले जित हात पार्‍यो ।
नमस्ते अर्घाखाँचीको जितमा ३ विकेट लिदै १९ रन जोडेका तृदेव कार्की म्यान अफ दि म्याच घोशित भए ।

एपिएलको भोलिको पहिलो खेल बिहान ६ बजेबाट सुपर सुपा एलाभेन र एड्भान्स अर्घा बिच हुने एपिएलका संयोजक ऋषिकेश भट्टराईले जानकारी दिनुभएको छ ।