एप्पलले ल्याउँदैछ सस्तो फोन: यस्ता छन् फिचर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एप्पलले ल्याउँदैछ सस्तो फोन: यस्ता छन् फिचर



काठमाडौं- एप्पलले सस्तो फोन बजारमा ल्याउने तयारी गरेको छ । सन् २०२२ को पहिलो त्रैमासिकमा आफ्नो सस्तो सिरिज ‘आईफोन एसई’ मा नयाँ उत्पादन सार्वजनिक गर्ने देखिएको छ ।

आउँदो मार्चको अन्त्य तिर एसईको तेस्रो जेनेरेसनको रुपमा नयाँ उत्पादन सार्वजनिक गर्ने गरी हाल कम्पनीले तयारी गरिरहेको जनाइएको छ ।

फाइभजी सपोर्ट गर्ने नयाँ आईफोन एसई मिड–रेन्जको स्मार्टफोन हुनेछ । मीड रेन्जमा उपलब्ध हुने यो फोनले एप्पललाई बजारमा स्थापित गर्न थप मद्दत गर्ने अनुमान गरिएको छ ।

त्यो हिसाबले पनि कम्पनीले यो रेन्जमा एकै पटक करिब दुई करोड ५० लाख देखि तीन करोड स्मार्टफोन उत्पादन गर्ने लक्ष्य राखेको छ । टच आईडी होम बटन, मोटो बेजेल्स सहित यो फोनमा ४.७ इन्चको डिस्प्ले हुने बताइएको छ ।

त्यस्तै यसमा पनि नयाँ ए१५ चिप प्रयोग गरिने अनुमान छ । आईफोन एसई सिरिज अन्तरगत पहिलो स्मार्टफोन कम्पनीले २०१६ को मार्चमा सार्वजनिक गरेको थियो ।

२०१८ पछि यसको उत्पादनमा रोक लगाएको थियो । भने, सन् २०२० को अप्रिलमा पूनः आईफोन एसईको दोस्रो संस्करण बजारमा ल्याएको थियो र यो अहिले पनि बजारमा बिक्रीमा छ ।