अप्रिय कदम चाल्नसक्ने ओलीको सङ्केत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अप्रिय कदम चाल्नसक्ने ओलीको सङ्केत



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् ।

नेकपाको सचिवालय वैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारीस गर्ने निर्णय आफुलाई असफल पार्ने षडयन्त्र भएको भन्दै पार्टी निर्णय नमान्ने चेतावनी दिएका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहिसकेका सचिवालयका सदस्य माधवकुमार नेपाललाई टेलिफोन गरी राष्ट्रियसभा सदस्यमा युवराज खतिवडालाई नै सिफारीस गर्ने स्पष्ट पारेका छन् । उनले आफ्ना विरुद्ध धेरै खेल भएको भन्दै त्यसलाई आफुले सामना गर्ने बताएका छन् ।

प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार प्रचण्डसहित बुधवार विहान प्रचण्ड निवास खुमलटारमा नेताहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतमको बैठकले निर्णय नमाने प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीबाट हटाउने निर्णय समेत गरेको छ ।

उक्त निर्णयको सुचना पाएका प्रधानमन्त्रीले वामदेवलाई राष्ट्रियसभा ल्याउनु आफुविरुद्धको षडयन्त्रको रुपमा बुझेका छन् ।

प्रधानमन्त्री ओलीले बुधवार सांझ नेता नेपाल र रक्ष्ाँमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई पुनः बालुवाटार बोलाएर गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस नगर्ने बताएपछि नेकपामा हंगामा भएको छ । प्रधानमन्त्री ओलीले यसअघि नेपाललाई टेलिफोनमा आफ्नो असन्तुष्टि पोखेका थिए ।

उनले अर्का अध्यक्ष पुष्पकमल दाहालको डिजाईनमा नफस्न समेत नेपाललाई सुझाव दिएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले नेपालसंगको भेटमा आफुविरुद्ध केही ठुला व्यापारी नै लागेको र त्यसमा प्रचण्डको साथ रहेको सुचना समेत आफुसंग रहेको बताएका थिए ।

उनले प्रचण्ड,शेरबहादुर देउवासहित व्यापारीहरु विनोद चौधरी, अजय शुमार्गी, उपेन्द्र महतोहरुको डिनर भएको र उक्त वैठकले अर्थमन्त्री युवराज खतिवडालाई हटाउने निर्णय भएको समेत बैठकमा दावी गरे ।

प्रधानमन्त्रीले आफुलाई हटाउन व्यापारीको समेत प्रयोग भएको भन्दै तिव्र असन्तुष्टी पोखेका छन् । प्रधानमन्त्रीले बहुमतको आधारमा आफुलाई पेल्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत प्रधानमन्त्रीले दिएका छन् ।

नेपालसंग भएको भेटमा प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो ‘तपाईहरुले बहुमतका नाममा गम्भिर गल्ती गर्दै हुनुहुन्छ, म यो षडयन्त्रविरुद्ध निर्णायक कदम चाल्छु ।’ भेटमा नेता नेपालले सचिवालय वैठकमा नै आफ्नो कुरा राखेको भए हुने तर पार्टीको निर्णय कार्यान्वयन नगर्दा अप्ठ्यारो परिस्थिति आउने जवाफ दिएको बताइन्छ ।

प्रधानमन्त्रीले नेता नेपाललाई आन्दोलन धरायशी हुने भन्दै सहयोग गर्न आग्रह गरेपनि कुनै ठोस जवाफ भने नदिएको स्रोतको दाबी छ ।

यता, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वामदेव गौतमको विषयमा सचिवालय बैठकमा सर्वसम्मत भएकाले प्रधानमन्त्रीले निर्णय उल्ट्याउन नमिल्ने दाबी गरेका छन् ।