बालेनमाथि हर्कको अराजक टिप्पणी: किन भने नालायक ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बालेनमाथि हर्कको अराजक टिप्पणी: किन भने नालायक ?



इटहरी- सामाजिक संजालमा धरानका स्वतन्त्र मेयर हर्क साम्पाङ काठमाडौंबाट फर्केलगत्तै सामाजिक सञ्जालबाट काठमाडौंका स्वतन्त्र मेयर बालेन शाहलाई कटाक्ष गरे ।

साम्पाङले कटाक्ष गरेपछि दुई मेयरबीचमा जुहारी नै चल्यो । जुहारीको फायर हर्क साम्पाङले ठट्टा गर्दै सुरु गरेका थिए ।

उनले लेखेका थिए, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कमसे कम काम त सुरु गरे ।’

यो पोस्टमा बालेनको कमेन्ट आयो, ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जेतेको हो नी ।’

साम्पाङको पोस्टमा जस्तै हजारौँले बालेनको कमेन्टमा पनि लाइक गरे। बालेनलाई कमेन्टमै प्रतिकिया चै हर्कले दिएका छैनन् ।

त्यसपछि हर्कले पुनः अर्को पोस्ट गर्दै लेखेका थिए, ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’ त्यसलगत्तै हर्क आफैले अर्को पोष्ट गरे ।

तेस्रो पोस्टमा हर्कको मूड फेरियो, भाषा पनि उनले भनेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’