आरक्षण कोटा प्रणालीमा जातीयलाई भन्दा बर्गीयलाई स्थान दिएको राम्रो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आरक्षण कोटा प्रणालीमा जातीयलाई भन्दा बर्गीयलाई स्थान दिएको राम्रो



कर्ण बहादुर अधिकारी,नुवाकोट
गरिबीको रेखा मुनि जातोमा सातु पिसिए झैँ पिसीएको देश नेपाल र यस देशको भूगोलमा जन्मि हुर्किएका हामी नेपालीहरूको जीवन स्तर विश्वका सम्पन्नशाली राष्ट्रका नागरिकहरू भन्दा निकै नै कम्जोर छ।देशमा केही सीमित व्यक्तिहरू धनी वर्गमा परे पनि करोडौ जनताहरू गरिब नै छन् किनकि नेपालको भौगोलिक बनावटको सही सदुपयोग गर्ने तरिकाहरू र माध्यमहरू हामीले अपनाउन नसक्दा जीवन स्तर खस्किएको हो त्यसैको परिणाम स्वरूप आज लाखौ लाख नेपाली जनताहरू वैदेशिक रोजगारका नाममा विदेशी भूमिहरूमा कार्यरत रहेका छन्।

नेपालमा विगत देखिनै जातीयताको आधारमा नेपाल सरकारले दिँदै आएको आरक्षण कोटाका बारेमा वास्तविक रूपमा गहिरीएर सोच्ने हो भने यो आरक्षण कोटा जातीयताको आधारमा भन्दा बर्गीय आधारमा दिदा राम्रो किनकि दलित सबै गरिब हुँदैनन र बाहुँन सबै धनी हुँदैनन।केही समय पहिले नेपाली सेना र नेपाल प्रहरीले भर्ना खुलाउँदा आरक्षण कोटा भनेर विज्ञापन नै गरेको थियो भने निजामती सेवा तर्फ पनि आरक्षण कोटा सरकारले दलित जनजातिहरूलाई भन्दै प्रदान गर्दै आएको छ।यसरी वितरण गर्दा निष्पक्ष र पारदर्शी तवरबाट भने पक्कै पनि भएको छैन।आरक्षण कोटाका नाममा राजनीति पहुँच भएकाहरूले मात्र स्थान पाई रहेका छन् भने दूर दराजमा रहेका गरिबीको चपेटामा परेका दलित वर्गहरू अझै पनि आरक्षण कोटाबाट बन्चित छन्।आखिर आरक्षण कोटा कसका लागि हो त ?

नयाँ नेपाल,नयाँ संविधान साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भई सकेको अवस्थामा यो जातियताको आधारमा छुट्टाईने आरक्षण कोटा प्रणालीको अन्त्य हुनु पर्ने होइन र ?गणतन्त्रमा सबै जात सबै भाषी सबै धर्म मान्ने बराबरी हुन पनि भन्ने तर किन आज सम्म पनि यो उपल्लो जात त्यो तल्लो जात भनेर आरक्षण कोटा तोकि दिने यस्ता किसिमका जातीय भेदभाव ल्याउदा त जातीयताको कुरा समाधान भन्दा पनि चरम उत्कर्षमा पुग्ने भयो नि कि कसो?यदि यो आरक्षण कोटा सरकारले लागु नै गरी रहने हो भने जातीयताको आधारमा भन्दा बर्गीय आधारमा वितरण गर्दा नेपाली जनताले सहज र सरल तवरबाट राहत पाउने थिए।जातीयताको आधारमा आरक्षण कोटा दिदा सिधै जातीय विभेद गरेको देखिन्छ।यस विषयमा गणतान्त्रिक नेपालको गणतान्त्रिक नेताहरूले बुझ्नु पर्ने होइन र ?

आज भन्दा ५०औं वर्ष पहिलेका नेपाली नागरिक र वर्तमान समयका नेपालीहरू बिच धर्ती आसमानको फरक छ।अहिलेका नेपाली जनताहरू जातजातीमा खासै केही फरक मान्दैनन भने जातीयताको आधारमा आरक्षण किन?विगतका शाशकहरूले दलितहरू माथि गर्ने व्यवहार र अहिलेको गणतन्त्रका शाशकले गर्ने व्यवहार त फरक हुनु पर्‍यो नि?दलित र पीछडिएका वर्गका लागि भन्दै आरक्षणको कोटामा मोज मस्ति गर्नेहरू ती सहरमा आलिशन महल भएका दलित र जनजातिहरू नै हुन बिचरा ती दूर दराजकाहरूलाई आरक्षणका बारेमा जानकारी सम्म पनि हुँदैन।

त्यस कारण यो आरक्षणको कोटा सरकारले दिने नै हो भने जातीयलाई भन्दा बर्गीयलाई नै दिएको राम्रो।यदि जातीयताको आधारमा नै आरक्षण दिइन्छ भने सबै जातजातीहरू कसरी समान हुन्छन्?यस्ता कुराहरू सरकारमा बसेकाहरूले बुझ्नु पर्ने होइन र?भन्ने बेलामा जातीय विभेद भयो भन्दै सदन देखि सडक सम्म आवाज उठाउँछौ तर चाहिने बेलामा दलित जनजाति हौ भन्दै आरक्षण चाहिन्छ भन्छौ अब तपाईँ नै भन्नु होस हामीले यसो भनी रहदा आफूले आफैलाई नै न्याय गरियो त?तसर्थ हामी सबै जातजाती भाषा भाषीहरूले एक जुट भएर भनौ हामीहरू बिच जातीय विभेद छैन हामी सबै समान हौ भन्दै जातीयताको आधारमा दिने आरक्षण कोटाको बारेमा खुलेरै विरोध गरौँ।

यही आरक्षणका कारणले गर्दा सक्षम व्यक्तिहरूले स्थान नपाउँदा बिदेशीन बाध्य छन्।परीक्षामा राम्रो परिणाम ल्याउने भन्दा नराम्रा परिणाम ल्याउनेहरूले स्थान पाउँदा न्याय भो भन्न मिल्छ?यदि बर्गीयताको आधारमा नै दिने हो भने गरिबको छोरो सक्षम छ भने उसले अवसर त पाउँछ।त्यसैले तपाईँ हामी सबै जना एक जुट भई जातीयताको आधारमा भन्दा बर्गीयताको आधारमा आरक्षण दिउँ भनी बुलन्द आवाज उठाऔ।