राष्ट्रिय मेलमिलाप - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्रिय मेलमिलाप



शिखर खडका

मुलुक जब राष्ट्रिय सङ्कटमा परेको बखत राज्यका सबै सयंत्र र आमनागरिकहरुको एकता नै राष्ट्रिय सङ्कटलाई समाधान गर्ने एउटा ठुलो अस्त्र हुनेगर्दछ। निरन्कुस पञ्चायत ब्यब्स्थाको मारमा पिल्सिएका नेपाली जनतालाई बाह्य शक्तिहरूको सिधा हस्ताक्षेपले नेपालको अस्तित्व मिटाउने डर भएको अवस्थामा मुलुकमा अधिकारको लागि लडिरहेका राजनीतिक दल र दलका नेता, कार्यकर्ता र आमनागरिक तथा राष्ट्र सेवक कर्मचारी एवं सुरक्षानिकायका सेना प्रहरी सबैको एकता नै नेपाल राष्ट्र तागत हुन्छ भन्ने भन्नाईका साथ २०३३  साल पौष १६  गते महामानव बिश्वेस्वर प्रसाद कोइराला नेपाली काङ्ग्रेसका सबै कार्यकार्ताहरुलाई साथमा लिएर भारतबाट नेपाल आउनु भएको थियो। महामानव बिपि कोइरालाले राष्ट्र सङ्कटमा परेका बेला विपरीत ध्रुबका राजनीतिक बिचार भएका कम्युनिस्ट र निरन्कुस पञ्चायत व्यवस्थाका हिमायती राजासंग राष्ट्रिय चुनौतीको सङ्कटलाई सामना गर्न कार्यगत सहमति तथा सहकार्य गरी राष्ट्रिय मेलापको नीति ल्याउनु भएको थियो।

बिपिले भन्नु भएकोछ राष्ट्रियता कमजोर भयो भने मुलुकको सार्वभौमताको अस्तित्व समाप्त हुनेछ। जनताको हक अधिकारलाई सुनिश्चित गर्न र लोक्तन्त्रलाई संस्थागत गर्न राष्ट्रियता बलियो हुनु पर्दछ। बाह्य शक्तिसित जुद्धन आमनेपालीहरुको एकताको आवश्यकता रहेको बिपि कोईरलाले बतानु भएकोछ।

२०३३  साल पौष १६  गते देखि नेपाली काङ्ग्रेसले मेलमिलाप दिवसको रूपमा पौष १६  गतेलाई मनाउदै आईरहेकोछ।

अहिले नेपाल राष्ट्रिय सङ्कटबाट गुज्रिरहेको अबस्थाछ। नेता कार्यक्रताहरुले पिबिको तस्बिरमा अबिर र मालाले सम्मान गर्ने गर्दछन् तर राष्ट्रिय मेलमिलापको नीतिलाई बिर्सिसकेको अबस्थाछ। सस्तो लोक प्रियताको लागि मुखमा राष्ट्रियताका नाराघङ्काउदै आफ़ुलाई धेरै राष्ट्रबादी मान्ने गरेकाले राष्ट्रिय मेलमिलापको कमी भएको मुलुकमा धेरै महसुस भएकोछ।

नेपाली जनताको अथक प्रयास र सहिदहरुको बलिदान,नेता तथा कार्यक्रताहरुको जेलनेलको पसिनाको ६ देशक लामो सङ्घर्षको परिणाम जनप्रतिनिधिद्वारा निर्माण गरिएको मुलुकको मुख्य कानुन संविधान कार्यान्वयन नहुदा आमनेपाली नागरिकहरूले आफ़्नो हक अधिकारलाई चल्तिचलनमा ल्याउन नपाउद राष्ट्रियता कम जोर हुदैजादैछ भने लोकतन्त्रको संस्थागत विकास हुनसकेकोछैन।

संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रको संस्थागत विकासको लागि बिपि कोईरलाले आज भन्दा ४१  वर्ष पहिले प्रतिपादित राष्ट्रिय मेलमिलापको नीति अबलंबलन गर्न अति आबश्यकछ। जय नेपाल!