जोफ्रा आर्चरमाथि कारबाही - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जोफ्रा आर्चरमाथि कारबाही



काठमाडौँ- तिब्र गतिका बलर जोफ्रा आर्चर कारबाहीमा परेका छन् । उनलाई कारबाही गर्दै इङल्याण्डले वेस्टइन्डिज विरुद्धको दोस्रो टेस्टबाट बाहिर राखेको हो ।

इङल्याण्ड क्रिकेट बोर्डले प्रोटोकल तोडेको आरोपमा आर्चरलाई कारबाही गरी बाहिर राखेको बताएको छ ।

तर उनलाई कोरोनाको कारण अहिले पाँच दिनका लागि आइसोलेसनमा राखिएको बताइएको छ । यस समयमा उनको कोरोना टेस्ट समेत हुने बोर्डले जनाएको छ ।

आर्चरले आफूबाट गल्ति भएको भन्दै माफी मागेका छन् । उनले मैले आफुलाई मात्र होइन पुरै टिम र व्यवस्थापनलाई खतरा उत्पन्न हुने परिस्थिति सिर्जना गरेको भन्दै माफी मागेका हुन् । साथै बोर्डको निर्णय आफुलाई मान्य रहेको समेत बताएका छन् ।

अहिलेको अवस्थामा टेस्ट खेल गुमाउनु पीडादायक रहेको भन्दै दुवै टिमसँग आर्चरले माफी मागेका छन् ।

यसअघि खेलिएको पहिलो टेस्ट वेस्टइन्डिजले जितेको थियो भने तीन खेलको सिरीजको दोस्रो खेल आजदेखि शुरु हुदै छ ।