अर्घाखाँचीमा दलहरुले वाँडेपछि टुंगियाे देउरालि यातायातकाे विवाद - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अर्घाखाँचीमा दलहरुले वाँडेपछि टुंगियाे देउरालि यातायातकाे विवाद



हरिप्रसाद भुसाल/मंसिर २, अर्घाखाँची
नयाँ कार्यसमिति गठनमा विवाद उत्कर्षमा पुगेपछि जिल्लामा क्रियाशिल राजनितिक दलहरुले वाँडफाँड गरि विवाद मत्थर पारेका छन् ।
हिजाेवाट शुरु भएकाे अधिवेशनमा वामपन्थि पक्षधरहरुले बेग्लै प्यानल सार्वजनिक गरेपछि रुष्ट वनेका लाेकतान्त्रिक पक्षधरहरुले वन्दशत्र राेक्न माग गर्दै अधिवेशनकाे उद्घाटन शत्र वहिष्कार गरेका थिए ।

अार्थिक अनपयमितता लगायतका विभिन्न अाराेप लगाउदै उद्घाटन शत्र वहिष्कार गरेका लाेकतान्त्रिक पक्षधरहरुले साँझ नै भएकाे वन्दशत्र राेक्न माग गर्दै नारावाजी समेत गरेका थिए । नारावाजीसँगै मुठभेडकाे अवस्था अाएपछि जिल्लामा क्रियाशिल दलहरुकाे अाज विहान वसेकाे सँयुक्त वैठकले पदाधिकारि सहित सदस्यहरु वाँडफाँड गरेकाे थियाे ।
बाहिर सार्वजनिक नभएकाे निर्णय अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र काेषाध्यक्ष पद चार पार्टिमा रहने गरि दलहरुले वाँडफाँड गरेका हुन । दलहरुले पदाधिकारिहरु सहित सदस्यहरुलाई समेत चार भाग लगाएका भएपनि कुन भाग कुन पार्टीले लिने भन्ने कुरा टुँगिएकाे छैन । यसकाे लागि छलफल चलिरहेकाे वुझिएकाे छ ।

यसअघि जनमाेर्चा, माअाेवादि र एमाले निकट व् गयवसायीहरुले गठवन्धन गरि नयाँ प्यानल घाेषणाा गरेका थिए ।