अर्जेन्टिना बराबरीमा रोकियो, नेयमारले ब्राजिललाई जिताए - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अर्जेन्टिना बराबरीमा रोकियो, नेयमारले ब्राजिललाई जिताए



२२ भदौ, काठमाडौं । विश्वकप छनौट फुटबलमा लिओनल मेस्सी विनाको अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र भेनेजुएलाले २-२ गोलको बराबरी खेलेको हो । मेरिडामा भएको खेलमा अर्जेन्टिनी कप्तान मेस्सी चोटका कारण टोलीमा अनुपस्थित थिए ।

खेलमा भेनेजुएलाले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । ३५ औं मिनेटमा गोल गरेको उसले ५३ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

तर, ५८ औं मिनेटमा पार्टोले अर्जेन्टिनाका लागि गोल गरे । ८३ औं मिनेटमा आटामेन्डीले बराबरी गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए ।

नेयमारले ब्राजिललाई जिताए

अर्को खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । नेयमारको गोलको मदतमा ब्राजिलले कोलम्बियालाई २-१ ले हराएको हो ।

Neymar

खेलमा ब्राजिलले दोस्रो मिनेटमा नै मिरान्डाको गोलबाट अग्रता लिएको थियो । तर, ३६ औं मिनेटमा घरेलु टोलीका मार्किन्योसले आत्मघाती गोल गरे र खेल १-१ को बराबरीमा पुग्यो ।  खेलको ७४ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई जित दिलाए ।