अर्घादरबार फिल्मस प्रा.लीले ल्यायो हाम्रै राम्रो देश बोलको गीत(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घादरबार फिल्मस प्रा.लीले ल्यायो हाम्रै राम्रो देश बोलको गीत(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र ५ 

पछिल्लो समय साङ्गीतिक बजारमा देश प्रति समर्पित र संदेश मूलक गीतहरू बजार आउने होडबाजी नै चलेको छ यसै बिच विदेश भन्दा हाम्रै राम्रो देश भन्ने भाव बोकेको कमेडी बेसमा , देश प्रति समर्पित नयाँ लोक दोहोरी गीत “ हाम्रै राम्रो देश” केही दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

अर्घादरबार फिल्मस प्रा लीले बजार व्यवस्थापन गरेको यस गीतमा वसन्त लम्सालको लय शब्द रहेको छ भने नव गायक पदम न्यौपाने र देवी घर्ती मगर को स्वरमा गीत सुन्न सकिन्छ । गीतलाई विश्वास नेपालले उत्कृष्ट एरेन्ज गरेका छन् ।

गीतको भिडियो विनोद गुरुङको निर्देशन , बासु बरालको छायांकनमा अनुप शिवाकोटीले भिडियो सम्पादन गरेका छन्, यस्तै केशव सापकोटा (भैसी ) र नव मोडेल सफलता सेमोलीको जोडदार अभिनय देख्न सकिन्छ । गीत पदम न्यौपानेको प्रस्तुतिमा बजारमा आएको छ ।