अर्घाखाँचीका विभिन्न पर्यटकिय स्थल चिनाउने गीत“हाम्रो प्यारो अार्घाखाँची”बिमोचनको तयारीमा (सुटिङ रिपोट) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अर्घाखाँचीका विभिन्न पर्यटकिय स्थल चिनाउने गीत“हाम्रो प्यारो अार्घाखाँची”बिमोचनको तयारीमा (सुटिङ रिपोट)



समिर प्रकाश पाण्डे/हिमाल पोष्ट

अर्घाखाँची जिल्लामा जन्मिएर विगत लामो समय देखी कलाकारीता क्षेत्रमा रही बिशेषत: लोक दोहोरी गीतलाई प्राथमिकतामा राखी गीतहरू गर्देै आइरहेका गायक गायिका विश्वास नेपाल, वसन्त लम्साल, जमुना सनम, कल्पना श्रिपालको स्वरमा यसपालि आफू जन्मिएको जिल्लालाई समेटी त्यहाँका कला संस्कृति रिति रिवाज र त्यहाँका पर्यटकीय, धार्मिक क्षेत्रलाई अर्घादरबार फिल्मस प्रा.ली को प्रस्तुतिमा “ हाम्रो प्यारो अर्घाखाँची” गिती एल्बम तयार पारेका छन् ।

वसन्त लम्साल र विश्वास नेपालको शब्द र वसन्त लम्सालको लयमा तयार परेको गीत हाम्रो प्यारो अर्घाखाची,अर्घाखाचिको सान पर्यटकिय सम्मान जिल्ला लाई पर्यटकिय स्थल बनाउन र अर्घाखाचीलाई चिनाउन गरिएको यो अभियानमा जिल्लाका थुप्रै पर्यटकिय स्थानहरू सुपा देउराली अर्घाको दरबार, खाँची मैदान, मथुरा बेसी, बल्कोट पौवा , खिदिमको साततले गुफा, फुदवाङ , खन को जालकाडा , पृथ्वी नारायण शाह को मावली डिहिडाडा श्री चन्द्र प्रभा उ मा बि त्यसै गरी पाली को कमला उ.माबी , ठाडाको डमरु दह , नरपानी चुन ढुङगा , थुप्रै ठाउँमा गई छायाङ्कन गरेको गीतमा अर्घाखाची कै कलाकार शीतल के.सी , सुरुची रायमाझी , बाबुराम भुषाल , बबिन नेपाल , यबराज थापा , सहयोगी बि.सी, राजु खड्का लगायतको अभिनय रहेको गीत को सम्पूर्ण काम सकिएको र अब बिमोचनको तयारीमा रहेको गायक तथा यस गीतका निर्देशक विश्वास नेपालले हिमाल पोस्ट सँगको कुराकानीमा बताए ।

यस गीतले अर्घाखाँची जिल्लालाई स्वदेश तथा विदेशमा प्रचार -प्रसार गरी जिल्लालाई नै माथि उठाउन सहयोग गर्ने छ ।

हाम्रो तर्फबाट यस गीतका सम्पूर्ण टिमलाई सफलताको शुभकामना।।