अ.प्र. समाज बहराइनको नयाँ बर्ष स्वागत संगै भित्ते पात्रो बिमोचन र बनभोज कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अ.प्र. समाज बहराइनको नयाँ बर्ष स्वागत संगै भित्ते पात्रो बिमोचन र बनभोज कार्यक्रम सम्पन्न



समीर प्रकाश पाण्डे\ बहराईन, १२ बैसाख
आफ्नो समाज र देशको लागि केहि गरौ भने हेतुले स्थापना भएको अर्घाखाँची जिल्ला बासीको साझा सस्था अर्घाखाँची प्रवासी समाज बहराइनले नेपाली नयाँ बर्ष २०७४ सालको अवसर पारेर शुभकामना आदन प्रदान, भित्ते पात्रो बिमोचनका साथै बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष कमल घिमिरेको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि सस्थाका प्रमुख सल्लाहकार युबराज के।सी विशेष अतिथी सल्लाहकार रामु खनाल ,हिम्मत केसि ,जनसम्पर्क समिती बहराईनका कार्यवाहक सभापति रबि बुडासौनि, प्रवासी मन्चकि लक्ष्मी कडेल,नेपाली जनप्रगतीशिल मन्च बहराइनका उपाध्यक्ष रामु काफ्ले गरेका थिए भने अतिथि विभिन्न संंस्थाबाट उपस्थित प्रतिनिधिहरुले गरेका थिए ।

यसै क्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष शिब थापाले उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गर्नुका साथै सस्थाका प्रमुख सल्लाहकार युबराज के। सीले आफ्नो मन्तव्य राख्दै उपस्थिति सम्पुर्ण जिल्ला बासी तथा उपस्थिति सम्पुर्ण लाई नयाँ बर्ष को शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा बहराइनमा स्थापित विभिन्न सामाजिक संघ सस्था बैचारिक संगठनका प्रतिनिधिहरुको बाक्लो उपस्तिथिको बिचमा संयुक्तरुपमा राष्ट्रिय गीत बजाएर भित्ते पात्रो बिमोचन गरिएको थियो भने सस्थाका अध्यक्ष कमल घिमिरेले औपचारिक कार्यक्रममा सबैलाइ धन्यवाद दिदै र नयाँ सालको शुभकामना दिएर औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रमको दोश्रो चरण अतिथी तथा भित्तेपात्रो बिमोचन तथा मनोरञ्जनका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराइनका कलाकार दया भट्टराईले गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्नु गरेका थिए साथै कलाकार जानुका पौडेल, दया भट्टराई ,लक्ष्मी कंडेल पुनाराम पोख्रेल लगायतलेले लाइभ दोहोरी गाएर उपस्थिति सबैलाई नचाएका थिए ।
कार्यक्रममा अर्घाखाँची प्रवासी समाज बहराइनको भित्ते पात्रो बनाउनको लागि इस्पोन्सर गरेर सहयोग पुर्याउने हिम लाल पाण्डे ,शिव शंकर आचार्य , रामु काफ्ले ,रमेस बि.क, सस्थाका सस्थापक अध्यक्ष करन थापा लगायत कार्यक्रम सफल बानाउनको लगि कार्यक्रममा आआफ्नो ठाउँबाट सहयोग पुर्याएका संघ संस्थाका प्रतिनिधि अतिथीहरु, कलाकाहरु, पत्रकारहरु, ब्यबसायी साथै अन्य अतिथीहरुलाई अर्घाखाँची प्रवासी समाज बहराइनका अध्यक्ष कमल घिमिरेले विशेष धन्यवाद ब्याक्त गर्दै बनभोज कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।