संयुक्त सङघर्ष समिती अर्घाखाँचीका यस्ता छन् आगामी कार्यक्रम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

संयुक्त सङघर्ष समिती अर्घाखाँचीका यस्ता छन् आगामी कार्यक्रम



हरि प्रसाद भुषाल /अर्घाखाँची

संयुक्त सङघर्ष समिती अर्घाखाँचीले हिजो पत्रकार सम्मेलन गरी बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता गर्दै थप आन्दोलनका कार्यक्रम तय गरेको छ ।

संघर्ष समितिले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बन्दको सिलसिलामा केही पत्रकारहरुलाई अन्जानबस अवरोध सिर्जना भएकोमा क्षेमा माग्दै बन्द सफल बनाउन सहयोग गर्ने सवैमा धन्यवाद समेत ज्ञापन गरेको छ ।

संयुक्त संघर्ष समितिका संयोजक विष्ण’ प्रसाद खनालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जनताको न्यायपूर्ण आन्दोलनमा समाचार संकलन तथा प्रशारण गर्ने पत्रकारहरुलाई निर्वाध रुपमा मोटरसाईकल संचालन गर्न दिन समिति प्रतिवद्ध रहेको उल्लेख गरिएको छ । यद्यपी बन्दको समयमा आफुहरुले जारी गरेको प्रेस पास भने अनिवार्य बोक्नुपर्ने संयोजक मुस्कानले जानकारी दिए ।meet-1

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार पुस ५ गते सम्पुर्ण पार्टी आबद्ध तथा युवा ,विद्यार्थी हरुको अगुवाइमा सम्पुर्ण जनसमुदाय हरुको सहभागीतामा सदरमुकाम सन्धिखर्कमा १ बजेदेखी २ बजेसम्म सिट्ठी जुलुस सहित कोणसभा, पुस ६ गते अन्तरपार्टी महिला संजाल, विभिन्न राजनितिक पार्टिका महिला नेताको अगुवाइमा सदरमुकाम सन्धिखर्कमा १ बजेदेखी २ बजेसम्म जुलुस ¥यार्ली सहित कोणसभा, पुस ७ गते बुद्धिजिवी, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाको अगुवाईमा दिउसो १ बजेदेखी २ बजेसम्म विरोध जुलुस, पुस ८ गते जिल्लाका प्रत्येक गाविस तथा नगरपालीकामा रहेका वडाहरुमा जुलुस प्रदर्शन सहितको आमसभा गर्ने, पुस ९ गते दिउसो १ बजेदेखी २ बजेसम्म गोरुसिङ्गे सन्धिखर्क सहायक राजमार्गमा समपुर्ण यातायातका साधनहरु विशेष ध्वनी सहित प्रदर्शन गर्ने, पुस १० गते गोरुसिङ्गे सन्धिखर्क राजमार्गमा राष्ट्रिय झण्डा बोकी हजारौको उपस्थितमा ५ नम्बर प्रदेश टुक्रयाउन दिदैनौ भनी नेताहरुद्धारा सपथ लिने कार्यक्रम तय गरिएको छ ।meet-2

यद्यपी १० गते सम्म शैक्षीक संस्था, पसल ,उद्योग ,व्यापार , सवारी साधन निर्वाध रुपमा सञ्चालन हुने सम्मेलनमा जानकारी गराईएको थियो ।