अर्घाखाँचीमा ७७ बर्षिय महिलाको बिभत्स हत्या, अनुसन्धान चल्दै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीमा ७७ बर्षिय महिलाको बिभत्स हत्या, अनुसन्धान चल्दै



लक्ष्मण घिमिरे
अर्घाखाँची, ५ असोज । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक बृद्ध महिलाको बिधत्स हत्या भएको छ । छत्रदेव गाँउपालिका भगवतीको काउले, उपल्लोधारा टोलमा ७७ बर्षीया वृद्धाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।

७७ बर्षकी श्यामकला पाण्डेको अज्ञात समुहबाट हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ रक्ताम्य अवस्थामा उनकै घरमा शव भेटिएको छिमेकी राम प्रसाद पाण्डेले बताए ।

मृतकको टाउँको र चिउँडोमा विभत्स चोटहरु रहेका छन । घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको र घटनाको अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी एकनारायण कोईरालाले धरातललाई बताए ।