अर्घाखाँचीमा जीप दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अर्घाखाँचीमा जीप दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते



अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन ।

गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुदै बुटबल जादै गरेको लु१च ६७६६ नम्वरको जीप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलवाट स्थानीय पोमनारायण पोख्रेलले बताए ।

सबै घाइतेलाइ उपचारकोलागि जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए ।

जीप सडकबाट एक सय २० मिटर तल खसको छ । दुर्घटनामा अन्दाजी ३० बषिर्य सारदा केसी को ज्यान गएको उद्धारमा सहभागी सहयोगी विसीले बताए ।