संघ र प्रदेशको निर्वाचनको लागि आकांक्षी बढी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

संघ र प्रदेशको निर्वाचनको लागि आकांक्षी बढी



शोभाखर पन्थी
अर्घाखाँची, ९ असोज । आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनको अर्घाखाँची जिल्लामा चर्चा हुन थालेको छ । एउटा संघ र दुई वटा प्रदेश रहेको अर्घाखाँचीमा क्रियाशील राजनैतिक दलहरूबाट संघ र प्रदेशका आकांक्षी उमेदवार धेरै देखिएका छन् । यहाँ मुख्य दलहरू नेपाली कांगे्रस, नेकपा एमाले, माओवादी केन्द्र मात्र होइन राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिमा समेत उमेदवारको बारेमा चर्चा हुन थालेको छ ।

जिल्लाका प्रमुख २ दल नेपाली कांग्रेस र एमालेका केही नेताहरू आपूm उमेदवार बन्नको लागि शक्ति केन्द्र धाउन थालेका छन् । कांग्रेसमा पूर्वमन्त्रीदेखि बहालवाला शिक्षकहरूले समेत आफू नै उमेदवार हुने भन्दै दावी गर्न थालेका छन् । नेकपा एमालेमा पनि आफू उमेदवार बन्नको लागि कतिपय नेताहरूले स्थानीय तहको निर्वाचनदेखि नै मार्ग खोल्दै आएका थिए ।

संघमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य तथा पूर्व सभासद् पुष्पा भुसाल, पूर्व राज्यमन्त्री रेवतीप्रसाद भुसाल, पूर्व सांसद डा. रामबहादुर बि.सी.को नाम चर्चामा छ । यसैगरी नेकपा एमालेबाट जिल्ला अध्यक्ष चेतनारायण आचार्य, अर्घाखाँची जिल्ला क्षेत्र नं. २ का सांसद डा. दुमनसिंह थापा, पूर्व सांसद डा.डिल्लीराज खनाल, नरेन्द्रकुमार क्षत्रीको नाम चर्चामा छ । यसैगरी माओवादी केन्द्रबाट पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ का विजयी सांसद टोपबहादुर रायमाझी र पूर्व सांसद डिलाराम आचार्यको नाम चर्चामा छ । यसैगरी राष्ट्रिय जनमोर्चाबाट पूर्व सांसद शन्तबहादुर नेपाली, नयाँ शक्तिबाट यमुना भुसालको नाम चर्चामा छ ।

चर्चित नामहरूमध्ये नेपाली कांग्रेसबाट पूर्व राज्यमन्त्री रेवतीप्रसाद भुसाल र पूर्व सांसद डा.रामबहादुर बि.सी.मध्ये एकजना, नेकपा एमालेबाट जिल्ला अध्यक्ष चेतनारायण आचार्य, माओवादी केन्द्रबाट पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ का विजयी सांसद टोपबहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाबाट पूर्व सांसद शन्तबहादुर नेपाली, नयाँ शक्तिबाट यमुना भुसालले उमेदवारी दिने प्रायः निश्चित छ ।

यस्तै प्रदेश क्षेत्र नं. १ मा नेपाली कांग्रेस बाट जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान, चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठ, नेकपा एमालेबाट गोपाल खनाल, जनार्दन खनाल र भोजबहादुर शाह, माओवादी केन्द्रबाट पोलिटव्यूरो सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल, राष्ट्रिय जनमोर्चाबाट पूर्व केन्द्रीय सदस्य सागर के.सी. र जिल्ला अध्यक्ष झविलाल थापा, नयाँ शक्तिबाट खिमबहादुर वि.क. र गोकर्ण थापाको नाम चर्चामा छ ।

प्रदेश क्षेत्र नं. १ मा चर्चाका नामहरूमध्ये नेपाली कांग्रेसबाट जिल्ला सभापति विष्णु मुस्कान, नेकपा एमालेबाट गोपाल खनाल, माओवादी केन्द्रबाट पोलिटब्यूरो सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल, राष्ट्रिय जनमोर्चाबाट पूर्व केन्द्रीय सदस्य सागर के.सी., नयाँशक्ति बाट खिमबहादुर वि.क. उमेदवार बन्ने अनुमान गरिएको छ ।

यस्तै प्रदेश क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट हिम्मत टण्डन, जय बहादुर टण्डन, नेकपा एमालेबाट रामजी प्रसाद घिमिरे, पीताम्बर भुसाल, बुद्धिबहादुर रायमाझी, कृष्णप्रसाद श्रेष्ठ, माओवादी केन्द्रबाट केन्द्रीय सदस्य जाकीर हुसेन, राष्ट्रिय जनमोर्चाबाट शेर बहादुर बि.सी., थम्मन के.सी., नयाँ शक्तिबाट केन्द्रीय सदस्य टोपबहादुर बलालको नाम चर्चामा छ । प्रदेश क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट हिम्मत टण्डन, नेकपा एमालेबाट रामजीप्रसाद घिमिरे, माओवादी केन्द्रबाट केन्द्रीय सदस्य जाकीर हुसेन, राष्ट्रिय जनमोर्चाबाट शेरबहदुर बि.सी., नयाँ शक्तिबाट केन्द्रीय सदस्य टोपबहादुर बलाल उमेदवार बन्ने धेरैको अनुमान छ ।
यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २०४८ र २०५१ को संसदीय निर्वाचनमा दुबै क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो । २०५६ को संसदीय निर्वाचनमा क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चा र क्षेत्र नं. २ मा नेकपा एमालेले जितेको थियो । २०५६ को संसदीय निर्वाचनमा क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चा र क्षेत्र नं. २ मा नेकपा एमालेले जितेको थियो ।
यसैगरी २०६४ संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट माओवादी केन्द्र र क्षेत्र नं. २ मा नेपाली कांग्रेसले जितेको थियो भने २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट माओवादी केन्द्र र क्षेत्र नं. २ मा नेकपा एमालेले जितेको थियो । नेपाली कांग्रेसको पकड भनिएको यस जिल्लामा पछिल्लो संविधान सभा निर्वाचनमा कांग्रेसले दुबै क्षेत्र गुमायो । निर्वाचनमा धेरैले तेस्रो हुने अनुमान गरेको माओवादी र पाहुना उमेदवार ल्याएको आरोप लागेको एमालेले एउटा एउटा क्षेत्र हात पार्न सफल भए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा सबैभन्दा बढी मतदाता भएर पनि नेकपा एमालेले सोंचेजति सफलता हासिल गर्न सकेन । उसले एउटा पालिकामा प्रमुख र उपप्रमुख तथा अर्को पालिकामा उपप्रमुखमा मात्र चित्त बुझाउनु प¥यो । नेपाली कांग्रेस एक्लैले एउटा पालिकामा प्रमुख र उपप्रमुख तथा अर्को पालिकामा उपप्रमुख जितेको थियो । बाँकी ३ वटा पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भयो ।