कांग्रेसलाई जिताउँन अर्घाखाँचीमा सवै नेताहरु सक्रीय - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेसलाई जिताउँन अर्घाखाँचीमा सवै नेताहरु सक्रीय



घनश्याम पौडेल
सन्धिखर्क : मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागी कांग्रेसले प्रचारपसारलाई तिव्र दिएको छ । दुई वटा प्रदेश सभा र एक प्रतिनिधी सभा रहेको अर्घाखाँचीमा कांग्रेसका उम्मेदवारलाई जिताउँन सवै लागीपरेका छन । प्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसी, प्रदेश सभा १ का उम्मेदवार विष्णु मुस्कान र २ का उम्मेदवार हिम्मतबहादुर टण्डनलाई जिताउँन केन्द्रीय सदस्यहरु मानबहादुर विक, पुष्पा भुसाल, पुर्व मन्त्री रेवती प्रसाद भुसाल लगाएतका नेताहरु सक्रीय भएर लागेका छन ।

प्रतिनिधी सभाका लागी टिकटको दौडमा रहेका भुसाल १ नम्बरका हरेक कार्यक्रममा सहभागी भई कांग्रेसको पक्षमा भोट मागेका छन । प्रदेश सभा १ को लागी टिकटको दौडमा लागेका सवै नेताहरु उम्मेदवार मुस्कान सँग सँगै गई भोट तथा आमसभालाई सम्बोधन गर्नमा व्यस्त छन । प्रदेश सभा २ बाट टिकटको दौडमा लागेका महासमिती सदस्य यादवप्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधीहरु इन्द्रमणि पौडेल, जयबहादुर टण्डन पनी चुनावी अभियानमा उम्मेदवार सँग सँगै हिडेका छन ।

समानुपातिकबाट दावेदार जिल्ला उपसभापती शान्ता भण्डारी, सचिव छविलाल पौडेल, पुर्व उपसभापति श्यामनाथ काश्यप लगाएतका नेताहरु पनी उम्मेदवार सँग सँगै हिडी रुखमा भोट माग्नमा व्यस्त छन ।

प्रत्यक्ष र समानुपातिकका दावेदार मात्र होईन स्थानिय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाबाट प्रमुखमा विजयी भएका कमल भुसाल, सितगंगाका प्रमुख सुर्यपसाद अधिकारी, पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिका उपप्रमुख खडानन्द बेल्बासे पनी जनताको कामलाई ध्यान दिदै कांग्रेसका उम्मेदवारलाई जिताउँन लागी परेका छन ।

उनीहरु मात्र होईन कांगेसका क्षेत्रिय समितीका पदाधिकारी, नगर कार्य समिती, स्थानिय तहका वडा अध्यक्ष तथा सदस्य, पार्टीका वडा सभापती, क्षेत्रिय प्रतिनिधी, क्रियाशिल देखी शुभेच्छुक यसपाली कांग्रेसलाई जसरी पनी जिताउँनु पर्छ भनेर लागेका छन ।

त्यस्तै काठमाडौं, बुटबल तथा जिल्ला बाहिर बस्ने बस्ने तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघाक प्रतिनिधीहरु पनी जिल्ला आउँन थालीसकेका छन । त्यस्तै दलित संघ, कांग्रेस शुभेच्छुक नेपाल प्रेस युनियन तथा काग्रेसका भातृ तथा शुभेच्छुक संस्था पनी कांग्रेसका उम्मेदवार जिताउँन लागी परेका छन ।