प्रदेश र केन्द्रका लागि अर्घाखाँची काँग्रेसद्वारा उम्मेदवारको टुंगो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रदेश र केन्द्रका लागि अर्घाखाँची काँग्रेसद्वारा उम्मेदवारको टुंगो



अर्घाखाँची, १३ असोज (रासस)

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।

निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रेवतीप्रसाद भुसाल, डा रामबहादुर बिसी र मुक्ति श्रेष्ठको नाम सिफारिस भएको क्षेत्रीय सभापति केशवराज कुँवरले बताउनुभयो ।