समग्र प्रदेशका बीच भाग खोज्ने हो भने ५ नं. प्रदेशको राजधानी अर्घाखाँची हुनुपर्ने :नेता रायमाझी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

समग्र प्रदेशका बीच भाग खोज्ने हो भने ५ नं. प्रदेशको राजधानी अर्घाखाँची हुनुपर्ने :नेता रायमाझी



हिमाल पोस्ट / सन्धीखर्क,१२ 

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रदेश नम्बर ५ को राजधानी कपिलबस्तुमा हुनुपर्ने बताएका छन ।

पूर्व नारायणी नदीदेखि पश्चिमको कर्णाली नदीसम्मको भूभागमा फैलिएको ५ नम्बर प्रदेशका राजधानी सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने रायमाझीले बताए ।

५ नं. प्रदेशको राजधानीका लागि कपिलवस्तु आसापासको क्षेत्र उपयुक्त हुन उनले बताए । तर अझै समग्र प्रदेशका बीच भाग खोज्ने हो भने त अर्घाखाँची हुने उनको भनाइ छ ।

प्रदेश ५ को राजधानीका लागि दाङ र बुटवल चर्चामा छन्। अर्घाखाँचीका पर्यटकीय क्षेत्रको वृत्तचित्र छायङ्कनको बिहीबार सन्धीखर्कमा उद्घाटन गर्दै उनले वृत्तचित्रले अर्घाखाँचीको पहिचान बढाउने बताए।