अर्घाखाँचीका मदनको अचम्मको प्रतिभा , जसले निकाल्छन ५० भन्दा बढीको आवाज - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

अर्घाखाँचीका मदनको अचम्मको प्रतिभा , जसले निकाल्छन ५० भन्दा बढीको आवाज



हिमाल पोस्ट /भदौ १ 

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका साबीकको चीदीका गाविसमा जन्मीएका मदन पौडेलले नेता, कलाकार, जनावार गरी ५०  भन्दा बढीको आवाज निकाल्ने गर्दछन् । प्रत्यक्ष रूपमा उनले भैंसी , कुखुरालाई बोलाउने पनि गर्दछन् ।गाउँमा रहदा  काम गर्दा विभिन्न खालका जनावर र पन्छीहरुको आवाज निकाल्ने उनी अहिले ५०  भन्दा बढीको आवाज निकाल्ने भयका छन् ।

आफूले सुरुमा क्यारीकेचर गरेको धुर्मुसको अर्को रूप खड्का जीबाट सुरु गरेको बताउने उनी आफ्नो क्यारीकेचरको गुरु खडका जीलाई मान्ने मान्ने गर्दछन् । १२ को परीक्षा दीइसकेपछी बुटवल आएका  उनी रेडियो  हुँदै अहिले बुटवलको लोकपीरय टेलिभिजन बुद्ध टेलिभिजनमा पनि कमेडी कार्यक्रम चलाउने गर्छन  ।

१९ वर्षका मदन अहिले रेडियो र टेलिभिजन सङ्ग सङ्गै स्कुलका कार्यक्रम र बाहिरका सांस्कूतीक कार्यक्रममा पनि देखा पर्न थालेका छन् । ‘क्यारीकेचर गर्न सजिलो छैन ‘मदनले भने ,आफूले नयाँ नयाँ क्यारीकेचर गर्दै जाँदा पहिले गरेका क्यारीकेचरको आवाज भुल्ने पनि गरेको छु। मदनले नेताहरू केपी वली , शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रचण्ड, झलनाथ खनाल र अन्यको पनि गर्दछन्  । कलारको साथ साथै बच्चाहरुलाई असाध्यै मनपर्ने कार्टुन मोटू-पात्लु, र अन्यको पनि गर्ने गर्दछन् ।  उनले नेपालका महानायक राजेश हमाल र बलिउडका नायक शारुखानको पनि आवाज निकाल्ने गर्दछन् ।

मदनले जनावर र पंछीहरुको आवाज निकालेर प्रत्यक्ष बोलाउने पनि गर्दछन् । बिबिएस प्रथम वर्षमा अध्यनरत मदन पुरै समय कलाकारीतामा दिन भने पाएका  छैनन्   । उनी भन्छन् “म अहिले पढाई , अनि जागिरले गर्दा रेडियो अनि टेलिभिजनमा कार्यक्रम गर्ने मात्रै गरेको छु” । म पुरै समय कलाकारीतामा दिएभने  अझै दर्शक माझ लोकप्रिय  र नयाँ नयाँ आवाज निकाल्ने छु । मदनले भने ।