अर्घाखाँचीका पत्रकारहरुको सामुहिक प्रतिबद्धता, जिल्लालाई सरसफाइको नमुना जिल्ला बनाउने । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीका पत्रकारहरुको सामुहिक प्रतिबद्धता, जिल्लालाई सरसफाइको नमुना जिल्ला बनाउने ।



कमल बिस्ट/मंसिर १२ ,अर्घाखाँची

देशको राजनितिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका अर्घाखाँचीका पत्रकारहरुले जिल्ला लाई सरसफाइको नमुना जिल्ला बनाउने अभियानमा पनि सहयोग पुर्‍याउने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन ।

नेपालको १७ औ खुल्ला दिसा मुक्त जिल्ला घोषणा भएको अर्घाखाँचीलाइ सन २०२० सम्ममा सरसफाइको नमुना जिल्ला बनाउन पत्रकारहरुले कलम चलाउने र जिल्लाको अभियानलाइ पुरा गर्ने बताएका छन । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारहरुले सरसफाइ सबैको सरोकारको विषय भएकोले यसलाइ अगाडी बढाउन पत्रकारको भुमिका बढाउने तथा सकारात्मक पक्ष र सुधार गर्नु पर्ने विषयलाइ मिडीयामा प्रकासन तथा प्रसारण गर्ने बताएका छन ।

युएन ह्याविटाटको सहयोग र प्रकास सचेतन समुहको सहजीकरणमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले गर्नु भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि र वास पत्रकार मञ्चका अध्यक्ष प्रेमनारायण आचार्यले पुर्ण सरसफाइ अभियान जिल्लाकै प्रतिष्ठा र इज्यत संग जोडिएकोले सफल बनाउन सबै लाग्नु पर्ने बताउनु भएको थियो ।

अर्घाखाँचीमा फण्डबोर्ड, सुआहारा, पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजना लगायतका संघ सस्थाले पुर्ण सरसफाइ अभियानमा काम गरिरहेका छन । कार्यक्रममा सरसफाइ अभियान र हालको अबस्थाको बारेमा युएन ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडी र प्रागका कार्यकारी निर्देसक प्रेमनारायण गैरेले जानकारी गराउनु भएको थियो । कार्यक्रम प्रागकी कोषाध्यक्ष शुसिला गैरेको अध्यक्षता र टिम लिडर भविस्वर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।