अर्घाखाँचीको एउटा दर्दनाक घटना:विवाहकै महिनामा सिन्दुर पुछिएकी चेलीको यस्तो अवस्था - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अर्घाखाँचीको एउटा दर्दनाक घटना:विवाहकै महिनामा सिन्दुर पुछिएकी चेलीको यस्तो अवस्था



प्रेम सुनार/गुल्मी, कार्तिक ३० ।

चिसो मौसम छ । कच्ची र अँध्यारो कोठाको भुँईमा पराल ओछाईएको छ । त्यसैमा उनि सेतो पहिरनमा लडेकी छन् । बेला बेलामा हे ! मेरो हजुर भन्दै चित्कार छाड्छिन र बेला बेलामा अचेत हुन्छिन् । जागेको बेला एकछिन उठेर बस्नु न भन्दा उठ्न सक्दिनँ भन्छिन् ।

उठ्ने प्रयास पनि गर्छिन तर सक्दिनन् । विवाहको एक साता नपुग्दै नवदुलहा बेपत्ता भएका र झण्डैै एक महिना पछि मृत फेला परेदेखि करले रसिलो पदार्थ बाहेक उनको पेटमा अरु खाद्य पदार्ध परेको छैन भन्छन परिवारजन ।

बाहिरपट्टि साईला ससुराले पनि भतिजाको किरियाक्रम गरी रहेका छन् । आँगनको कुनामा एक महिना अघिमात्र विवाह गर्दा चढाईएका ध्वजापताहरु फर्फराईरहेका छन् । त्यसैको कोखमा उनै वेहुलाको श्रद्धाञ्जीका लागि राखिएको तस्वीर र शोक पुस्तीका डेक्स राखिएको छ ।

झ्याप्पै आँखा पहिला विवाहका तिनै ध्वजापत्ताहरुमा पर्छन् । त्यसको नजिकै उनै बेहुलाको हार्दिक श्रद्धाञ्जली लेखिएको तस्वीरमा आँखा पुग्दा भावविह्लल हुन्छन जो कोही । त्यो दर्दनाक दृश्य हो केही दिनअघि सन्धीखर्कको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका अर्घाखाँचीको पणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय हरिप्रसाद भट्टराईको घरको ।

उनको असौज १६ गते वडा नम्वर ४ की २१ वर्षिया विष्णु घिमिरे संग धुमधाम संग विवाह भएको थियो । २२ गते उनि नवदुलहीको हातबाट पकाएको खाना खाएर उनै वेहुलीलाई बनाएको गहनाको पैसा तिर्न भनि सन्धिखर्क हिँडेका थिए ।

सन्धिकर्ख पुगेर संगै गएका लक्ष्मण सुनारलाई राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकालेर दिई सकेपछि आफ्नो जीवन विमाको रकम तिर्न एशियन लाईफ ईन्सुरेन्सको कम्पनीमा पुगेका थिए । साढे ११ वजेसम्म त्यही छन् । त्यसपछि उनको अवस्था अज्ञात रहेको थियो ।

तस्वीरः जिवन चक्रः विष्णु एक महिना अघि विवाहमा वेहुला संग र अहिले सेतो पहिरनमा अर्ध अचेत हुँदै किरिया क्रमको कुनोमा

प्रहरी प्रशसनकै आँखा अगाडी दिन दाहडै वेपत्ता भएका उनको शव ठिक ३० दिनका दिन प्रहरी प्रशासन पारी कै जंगलमा भेटिन्छ । पायः धेरैले मर्निङ्ग वाक गर्ने जंगल नजिकै उक्त सव प्रहरीले फेला पार्न किन सकेन र घाँस दाउरा गर्ने जनताले फेला पारे रु भन्दै परिवारजन ठुलो आशंकामा परेका छन् ।

उनी झुण्डिएको रुख विद्युतको पोलमा चढ्ने मिस्त्रीहरु समेत चढ्न नसक्ने खालको सुरिलो र निकै अग्लो छ । नयाँ नाईलनका तिन वडा डोरी समेत तल भुईमा राखिएको छ । उस्तै डोरप्ीमा उनि झुण्डिएका छन् । उनको झोला , कमिज , कागज र जुत्ता टिलिक्क टल्केका छन् ।

फिङ्गर परिक्षणका लागि ति उनका सामग्रीहरु र फोन प्रहरीले अरु कसैको फिङ्गर नपर्ने गरी सुरक्षित वरामद गर्नु पर्ने हो । तर जसलाई पनि छुन चलाउन छुट दिईएको छ । त्यसले थप रहश्यमय घटना भएको परिवारजनको चिन्ता छ ।

वेला वेलामा किरिया क्रमको कुनोवाट चित्कार छाड्दै विष्णु भन्छिन मेरो उहाँलाई सानो तिनो मान्छेले मारेकै छैन ठुलै मान्छेले भएरै दवाईएको छ । झुण्डिएर त उहाँ मर्ने सक्नुहुन्न । परिवारका हरेक सदस्यको भनाई पनि त्यही छ ।

विष्णुले भने झैं को हो त ठुलै मान्छे रु भनेर पत्ता लगाउन प्रहरी प्रशासनले त पत्ता लगाउन नसके पछि परिवारजन हे ईश्वर भन्नु शिवाय अरु विकल्पमा छैनन् । दाजु रेणुकान्त भट्टराई प्रहरी प्रशासन कै हात हो कि भन्ने सम्मको आरोप लगाउँ छन् । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी एकनारायण कोईराला छानिविन गहिरो संग हुने बताउँदै आएका छन् ।

नियतिको ठुलो वज्रपातमा परेकी विष्णु लौन ! उहाँ त मर्नु भएकै छैन खोजिदिनुस भन्छिन कति वेला । फेरी भन्छिन । उ मेरो उहाँ त टुप्लुक्क आई पुग्नु भो । उता हेर्छु कति वेला टुप्लुक्क आउनु हुन्छ कि जस्तो लागेर तर आउनु हुन्न । लामो चित्कार ! ओठ मुख सुक्छ । किक्क किक्क गर्छिन् । विवाहको दिन आफ्नो फेशबुकमा वेहुलाले भन्दा पहिला रमाउँदै फोटो अपलोड गरेकी विष्णुको त्यो रातो साडीमा वेहुला संग मुस्कुराएको तस्वीर अहिले सेतै पहिरन देख्दा मुटु भक्कानिन्छ ।

रिर्पोटिङ्ग गर्न पुगेको म आफै आँशु खसेर , मुटु भक्कानिएर बोल्न सकिन । विष्णु घर पणेनी भए पनि कविलवस्तुमा बसेर पढ्ने गर्थिन् । स्नातक तेश्रो वर्षको परिक्षा दिएकी विष्णु गत स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर काम गरेकी थिईन् ।

पछि कपिलवस्तु मैं वोर्डिङ्ग स्कुलमा पढाउने गर्दथिन् । उनका श्रीमान भट्टराई नवलपरासी एक बिद्यालयका निमावि तह स्थाई शिक्षक थिए । उनीहरु दुई विच एक महिना अघि मात्र भेटघाट भई आफन्तजनको माध्यमद्धारा मागी विवाह भएको थियो ।