अर्घाखाँचीमा चितुवाले लगेको बालिका १३ घन्टापछी मृत फेला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अर्घाखाँचीमा चितुवाले लगेको बालिका १३ घन्टापछी मृत फेला



घनश्याम पाैडेल/अर्घाखाँची, १७ असाेज ।

 सोमवार साँझ सन्धिखर्कको कुर बेंहोरेमा चितुवाले लगेको बालिका १३ घन्टापछी मृत फेला परेकी छन् । सन्धिखर्क नगरपालिका २ कुर बेंहोरेका अशोक नेपालीका ७ बर्षिय छोरी प्रतिक्षा नेपालीलाइ सोमवार साँझ सवा ७ बजे चितुवाले आक्रमण गरि लगेको थियो ।

राति अबेर सम्म खोजी गरिएको थियो तर फेला नपरेपछी आज बिहानै ५ बजेबाट पुन खोजीकार्यलाइ निरन्तरता दिइएको थियो ।

बिहान करिब ८ बजे सन्धिखर्क बेंहोरकोे बिच जङगलमा ति बालिकाको शव फेला परेको हो । बिगत ३ बर्षमा चितुवाको आक्रमण बाट करबि १ दर्जन बालबालिकाको ज्यान गई सकेको छ ।

बालबालिकामाथी आक्रमण गर्ने चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।