अर्घाखाँचीमा विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीमा विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईने



हरि प्रसाद भुषाल /अर्घाखाँची फाल्गुन ५ 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आज भएको सर्वदलीय वैठकले ६७ औं प्रजातन्त्र दिवस मुल समारोह समितिको गठन गरेको हो ।समितिले यही ६,७ र ८ गते विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउने निर्णय गरेको हो ।

जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधीहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको बैठकले यही फागुन ६,७र८ गते जिल्लाभर दिपावली गर्ने, भेली बिहान जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई हर्लिक्स वितरण गर्ने, र सात गते प्रभातफेरी सहित प्रवचन कार्यक्रम आयोजना गर्ने लगायतका निर्णयहरु गरेको छ ।

कार्यक्रमलाई सफल र भव्य रुपमा सम्पन्न गर्नका लागि सरकारी कार्यालयका कर्मचारीहरु, राजनीतिक नेता कार्यकर्ताहरु, विद्याथर््ीहरु सहित आम बजारबासीहरुलाई सक्रियताका साथ कार्यक्रममा सहभागी बन्न अनुरोध गर्ने निर्णय समेत आज गरिएको छ ।