अर्घाखाँचीमा मतगणना रोकियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीमा मतगणना रोकियो



अर्घाखाँची, मंसिर २२ ।।

अर्घाखाँचीमा मतगणना तत्कालका लागि रोकिएको छ । बिहिबार भएको मतदानका क्रममा मतपेटीका तोडफोड भएपछि मतदान स्थगित भएको थियो ।
जिल्लाको मथुरा आधारभूत विद्यालयको मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र दिएपछि विवादका कारण मतपेटीका तोडफोड भएको थियो । निर्वाचन आयोगले स्थगित भएका केन्द्रमा चुनावको मिति अझै तोकेको छैन । सबै मतपेटीका सदरमुकाम आइसकेका छन । स्थगित ठाउँमा मतदान भएपछि मात्रै मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।