अर्घाखाँची प्रीमियर लिग (एपिएल)को उपाधि सुपर सुपा इलाभेनलाई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अर्घाखाँची प्रीमियर लिग (एपिएल)को उपाधि सुपर सुपा इलाभेनलाई



अर्घाखाँची/कमल बिस्ट ,जेष्ठ २०

सन्धिखर्कमा जारी सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रीमियर लिगको उपाधि सुपर सुपा इलाभेनले हात पारेको छ ।
फाइनल प्रतिस्पर्धि एड्भान्स अर्घा लाई ७ विकेटले पराजित गर्दै लिग च्याम्पियन बनेको हो ।

सुपर सुपाले टस जितेर फिल्डिङ को निर्णय गर्दै विक्रम भुसालको कप्तानिमा रहेको एड्भान्स अर्घालाइ ब्याटिङको निम्तो दिएको थियो ,सुपर सुपाले एड्भान्स अर्घालाइ निर्धारित २० ओभरमा १ बल बाकी छदै सबै बिकेट लिएर १२५ रनमा समेट्यो ।

त्यसै गरी १२६ रनको लक्ष्य पाएको तिर्भुज कार्कीको कप्तानिमा रहेको सुपर सुपा इलाभेनले १६ ओभर १ बल मै मात्र ३ विकेट गुमाएर लक्ष्य पुरागर्‍यो ।

सुपर सुपाको जितमा अबिजित ६८ रन प्रहार गरेका टिम कप्तान तृभुज कार्की म्यान अफ दि म्याच घोशित भए । लिग विजेता सुपर सुपा इलाभेनले नगद रु१लाख र उपबिजेता एड्भान्स अर्घा उपबिजेता बन्दै नगद रु५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।
एपिएलमा उत्कृष्ट खेलाडी बिक्रमकुमार भुसाल, अशोक उदयमान खेलाडी केशव गैरे, उत्कृष्ट बलर गोविन्द केसी, उत्कृष्ट फिल्डर सुनिल भुसाल, क्लास प्लेयर, उत्कृष्ट ब्याटस्म्यान तृभुज कार्की घोसित भए ।

विजेता टिम र उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि जिल्ला न्यायाधीश केशवप्राद बास्तोला र विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्दिप्रसाद भुसालले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रम एपिएल सम्योजक ऋषिकेश भट्टराईको अध्यक्षता र कमल बिस्टको सञ्चालनमा सम्पन्न भएको थियो ।