अर्घाखाँची सम्पर्क मंचद्वारा बाढी पीडित बस्ती निर्माणार्थ सहयोग रकम हस्तान्तरण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अर्घाखाँची सम्पर्क मंचद्वारा बाढी पीडित बस्ती निर्माणार्थ सहयोग रकम हस्तान्तरण



केशव पोखरेल/दक्षिण कोरिया

अर्घाखाँची सम्पर्क मंच  दक्षिण कोरियाको पहलमा सङ्कलन गरिएको राहत रकम बाढीबाट अति प्रभावित पूर्वी जिल्ला सप्तरिकाे टिलाहिटि कैलालीको बस्ती निर्माणको लागि प्रदान गरिएको छ  ।

न्युज 24 टेलिभिजन र जनता विकास बैङ्कको सहकार्यमा सञ्चालित बस्ती निर्माण अभियानको लागि मन्चले सङ्कलन गरेको एक लाख उन्नाइस हजार पाँच रुपैयाँ न्युज 24 टेलिभिजनको चर्चित कार्यक्रम “सिधा कुरा जनतासँग” मार्फत हस्तान्तरण गरिएको हो  ।

उक्त रकम लेखानिरिक्षक सुदन कुमार पोखरेलले हस्तान्तरण गरेका थिए । मंचका उपाध्यक्ष मिनराज पोखरेलको संयोजकत्वमा उक्त रकम सङ्कलन गरिएको थियो |

यसअघि पनि अर्घाखाँची सम्पर्क मंचले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेलले जानकारी दिएका थिए ।