अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको प्रथम अधिवेशन सम्पन्न ,अध्यक्षमा घिमिरे - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको प्रथम अधिवेशन सम्पन्न ,अध्यक्षमा घिमिरे



पशुपति श्रेष्ठ (भारत)/साउन १५ 

अर्घाखाँची जिल्लाबाट रोजगारी ,शिक्षा,व्यापार तथा विविध कार्यले जिल्ला भन्दा बाहिर रहेका अर्घेलिहरुको एक मात्र साझा संस्था अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले आफ्नो पहिलो अधिवेशन सम्पन्न गरेको छ ।

२०६९ सालमा सङ्गठित भएको संस्था केही समय पहिले देखी निष्क्रिय रहदै आएको थियो संस्थाले विगत २ हप्ता देखी प्रथम अधिवेशनको आव्हान गरी डिल्लिराज घिमिरेको संयोजकत्वमा नयाँ कार्यसमिति आइतबार चयन गरेको छ । अर्घेलिहरुको लामो बहस र छलफल पछि संस्थाको उपाध्यक्ष कर्णजंग रायमाझी ,गिरिराज खनाल,रञ्जित क्षेत्री,अम्बिका बेल्बासे श्रेष्ठ महासचिव युवराज थापा सचिव पशुपति श्रेष्ठ सहसचिव दामोदर भुसाल कोषाध्यक्षमा राम प्रसाद पराजुली सह-कोषाध्यक्ष विष्णु क्षेत्री रहेका छन् ।

त्यस्तै सदस्यहरूमा वसन्त खड्का,घनश्याम ज्ञावाली,अरुण कुमार बञ्जाडे,डिलाराम खनाल,विष्णु कुमार बर्मा,विष्णु शारु मगर,राम भट्टराई,मनिराम बस्नेत,वसन्त प्रसाद भुसाल,युवराज पौडेल,छबिलाल गिरि,वसन्त खनाल ,माधव खनाल ,धर्म राज पराजुली , विनोद खनाल,विजय खनाल,भेष राज पराजुली ,विष्णु पोख्रेल,सुशील क्षेत्री ,मनिराम भट्टराई ,कमल सुनार ,राजु भुसाल,लक्ष्मी बस्याल,लक्ष्मी रायमाझी रहेका छन् भने अहिले सम्भवभएकाहरुलाइ मनोनीत गरेको र अन्य कुनै देश बाट सम्पर्कमा आएपछि अन्य सदस्यहरू मनोनयन गर्ने बताइएको छ ।

अधिवेशनले विभिन्न समन्वय समितिको पनि गठन गरेको छ जस्मा अन्तर्राष्ट्रिय समन्वय समिति संयोजकमा सूर्य थापालाई जिम्मा दिइएको छ भने राष्ट्रिय समन्वय समितिको संयोजकहरुमा मध्यपुर्वमा कमल घिमिरे ,एसियामा राजु खनाल ,साउदी अरेबिया हरि कुवर ,कतार सन्तोष केसी ,युएई ईश्वर जङ्ग थापा ,बहराइन अनमोल राक्से मगर ,मलेसिया राजु अधिकारी , दक्षिण कोरिया धर्म राज पराजुली ,इजरायल कमल प्रसाद भुसाल,भारत माधव खनाल ,जापान कमल नेपाली , संयुक्त राज्य अमेरिका अरुण पोख्रेल ,सोमल्याण्डमा सुशील क्षेत्री रहेका छन् भने अन्य कुनै देशमा अर्घेली भएमा सम्पर्कमा ल्याएर संस्थालाई अझ मजबुत बनाएर लैजाने अवगत गराउदै यसै गरी मिडिया संयोजकमा सहयोगी बिसि , हरि प्रसाद भुसाल र उमाकान्त पान्डेलाइलाई जिम्मा दिएको छ ।

जिल्ला र समाजलाई परिवर्तन गर्न केही गर्नुपर्छ भन्ने जोस जागर सहितको अधिवेशनले संरक्षकमा राजु खड्का प्रवक्तामा भुवन केसी प्रमुख सल्लाहकारमा युवराज केसीलाई चयन गर्दैअधिबेशन सम्पन्न गरेको हो ।