अर्घाखाँचीमा आज २ घण्टा बन्द - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अर्घाखाँचीमा आज २ घण्टा बन्द



घनश्याम पौडेल
अर्घाखाँची, १० मंसिर
अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा २६ दिन देखि जारी आन्दोलनमा शनिवार दिउसो १२ बजेबाट २ बजेसम्म अर्घाखाँची जिल्लामा बन्द गरिने भएको छ ।

बन्दमा यातायातका साधन, बजार, कलकारखाना सवै ठप्प पारिने भएको सङघर्ष समितीका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनुभयो ।
बजार ठप्प सङसँगै अर्घाखाँचीका सन्धिखर्क, घुम्ती, नरपानी, ठाडा अमराई लगाएतका ठाउँहरुमा हजारौ मान्छे सडकमा ल्याएर जनता सँगसँगै नेताहरुले ५ नम्बर प्रदेश टुक्रन दिदैनौ भनी सफत खाने कार्यक्रम रहेको छ ।