अर्घाखाँचीका बिभिन्न पर्यटकिय स्थल चिनाउने गित “हाम्रो प्यारो अार्घाखाँची ”सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अर्घाखाँचीका बिभिन्न पर्यटकिय स्थल चिनाउने गित “हाम्रो प्यारो अार्घाखाँची ”सार्वजनिक(भिडियो सहित)



 समिर प्रकाश पाण्डे

अर्घाखाँची जिल्लामा जन्मिएर बिगत लामो समय देखी कलाकारीता क्षेत्रमा रहि बिशेषत: लोक दोहोरी गितलाई प्राथमिकतामा राखि गितहरु गर्देै आईरहेका गायक गायिका बिश्वास नेपाल, वसन्त लम्साल, जमुना सनम, कल्पना श्रिपालको स्वरमा यसपाली आफु जन्मिएको जिल्लालाई समेटी त्यहाँका कला संस्कृती रिति रिवाज र त्यहाँका पर्यटकीय, धार्मिक क्षेत्रलाई अर्घादरबार फिल्मस प्रा.ली को प्रस्तुतिमा “ हाम्रो प्यारो अर्घाखाँची” गिती एल्बमको भिडियो सर्वजनिक भएको छ ।

वसन्त लम्साल र बिश्वास नेपालको शब्द र वसन्त लम्सालको लयमा तयार परेको गित हाम्रो प्यारो अर्घाखाची,अर्घाखाचिको शान पर्यटकिय सम्मान जिल्ला लाई पर्यटकिय स्थल बनाउन र अर्घाखाचीलाई चिनाउन गरिएको यो अभियानमा जिल्लाका थुप्रै पर्यटकिय स्थानहरु सुपा देउराली अर्घाको दरबार, खाँची मैदान, मथुरा बेसी, बल्कोट पौवा , खिदिमको साततले गुफा, फुदवाङ , खन को जालकाडा , पृथ्बी नारायण शाह को मावली डिहिडाडा श्रि चन्द्र प्रभा उ मा बि त्यसै गरि पाली को कमला उ.माबी , ठाडाको डमरु दह , नरपानी चुन ढुङगा , थुप्रै ठाउमा गई छायाङ्कन गरेको गितमा अर्घाखाची कै कलाकार शितल के.सी , सुरुची रायमाझी , बाबुराम भुषाल , बबिन नेपाल , यबराज थापा , सहयोगी बि.सी, राजु खड्का लगायतको अभिनय रहेको छ ।

यस गितले अर्घाखाँची जिल्लालाई स्वदेश तथा बिदेशमा प्रचार -प्रसार गरी जिल्लालाई नै माथी उठाउन सहयोग गर्ने छ ।

हाम्रो तर्फबाट यस गितका सम्पुर्ण टिमलाई सफलताको शुभकामना।।

https://youtu.be/cXEJy_lpTNI