अर्घाखाँचीका पदमको अज्ञात समुहद्वारा भारतमा गोली हानि हत्या ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीका पदमको अज्ञात समुहद्वारा भारतमा गोली हानि हत्या !



अर्जुन खनाल /नयाँ दिल्ली ,असोज ५ 

भारतको उत्तर प्रदेश ग्रेटर नोएडा स्थित अज्ञात समुहको आक्रमणमा परि अर्घाखाँची, सन्धिखर्क नगरपालिका ११ का पदम भनेर चिनिने चन्द्र बहादुर बिकको ज्यान गएको छ ।

मृतकले    पोंटी चड्डा ग्रुप , वेब कम्पनिमा करिब १० बर्ष देखि काम गर्दै आएका थिए । बुधवार राति करिब ९ :३० बजे  त्यहि ग्रुपको पसलबाट  पैसा उठाएर  फर्कने क्रममा हतियारधारी समुहले उनीहरुको गाडीमा आक्रमण गरेका थिए  ।गाडीमा ५ जना सवर थिए १ जना नेपाली र अन्य ४ जना भारतीय नागरिक हुन् ।गाडी चालक   स्वर्गीय पदम र एक जना सेक्युरिटीको घटना स्थलमै मृत्यु भएको थियो भने अर्का एक जना सेक्युरिटीको स्वस्थ्य अवस्था गम्भीर रहेको बताएका छन् ।र २ जना ईन्चार्ज  भने  सकुसल रहेको  बताएका छन् ।

स्वर्गीय पदमको घरमा बुवा ,आमा , श्रीमती, ११ वर्षीय १ छोरी र ७ वर्षका १ छोरा रहेका छन् ।

बिहिबार बिहान संगै काम गर्ने दुर्गा बिकको सहयोगमा उक्त मृतकको शरीरलाई पोस्ट मार्टमको लागि लागिएको थियो ।सो कम्पनिका तर्फबाट केहि  ब्यक्तिहरु आएर झिनो रकम दिने भने पनि सुपा देवी देउराली टुर एण्ड ट्रावल्सका दिल खत्री ,जीवन रसाईली ,बिन बहादुर कुवर र शेखर कुवरको पहलमा मृतकको परिवारलाई ५ लाख भारतीय रुपैयाँ सहित मृतकको शरीरलाई नेपाल लैजानको लागि ३५ हजार भारतीय रुपैयाँ दिलाएका थिए ।

आज नै मृतकको शरीरलाई एम्बुलेन्समा राखी भाई गोपाल बिक र आफन्तको सहयोगमा   नेपाल पठाईएको छ  ।उक्त कम्पनिमा अझै पनि   करिब १५० नेपाली कामदार रहेका छन्  । आजसम्म कुनै पनि नेपाली  कमादर कामको क्रममा मृत्यु भएपनि उक्त कम्पनीले निजको परिवारलाई कुनै रकम दिएको  थिएन्  यसपाली भने आसपास काम गर्ने नेपाली र अन्य संघ सस्थाको दवावमा रकम दिलाईएको थियो  ।