अर्घाखाँचीको स्थिती तनावग्रस्त, युवाद्धारा ढुंगामुढा ऊर्जामन्त्री जनार्दन शर्मा युवाको घेराबन्दीमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अर्घाखाँचीको स्थिती तनावग्रस्त, युवाद्धारा ढुंगामुढा ऊर्जामन्त्री जनार्दन शर्मा युवाको घेराबन्दीमा



घनश्याम पौडेल/अर्घाखाँची, २८ पुस
अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपाछी युवाहरुले ढुगांमुढा गरेका हुन ।

त्यस्तै उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने अभिव्यक्ति दिएका ऊर्जा मन्त्री जनार्दन शर्मा युवाहरुको घेराबन्दीमा परेका छन् ।
सन्धिखर्क्स्थित ट्राफिक चोकपछाडि आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका लागि पुगेका बेला शर्मा स्थानीय युवाहरुको घेराबन्दीमा परेका हुन् ।

सन्धिखर्क पुगेर पाँच नम्बर प्रदेश टुक्राइनु जायज भएको भन्दै उनले अर्घाखाँचीबासीलाइ पोखरा जान सुरुङमार्ग बनाइने बताएपछि स्थानीयबासी आक्रोशित भएका थिए ।

स्थानीयबासीको घेरामा परेका शर्मालाई सुरक्षाकर्मीले कायक्रमस्थलबाट निकालेका हुन ।

मन्तव्य पनि दिन नपाएका उनलाई कार्यक्रमस्थलबाट निकाल्न सुरक्षाकर्मी खटाइए पनि युवाहरुसँग घम्साघम्सी पर्ने अवस्था आएको छ ।