चार स्थानिय तहमा कांग्रेस र माओबादी केन्द्रबीच अर्घाखाँचीमा तालमेल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चार स्थानिय तहमा कांग्रेस र माओबादी केन्द्रबीच अर्घाखाँचीमा तालमेल



घनश्याम पौडेल /अर्घाखाँची, ४ असार

अर्घाखाँची जिल्लाका ३ नगरपालिका र १ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र बीच तालमेल भएको छ ।
सन्धिखर्क नगरपालिकाको मेयर पदमा कांग्रेसबाट कमल प्रसाद भुसाल, माओवादीबाट उपमेयरमा ठाकुरकुमार बिक, भुमिकास्थानको मेयर पदमा माओवादीबाट रेशम थापा र उपमेयरमा कांग्रेसबाट खडानन्द बेल्बासे, शितगंगा नगरपालिकाको मेयर पदमा कांग्रेसबाट सुर्य प्रसाद अधिकारी र उपमेयर पदमा माओवादीबाट टीका रेष्मी, मालारानी गाउँपालिकाको अध्यक्षमा माओवादीबाट पदम क्षेत्री र उपाध्यक्ष पदमा कांग्रेसबाट शान्ता खनाल उम्मेदवार हुनेगरी तालमेल भएको हो । बाकीँ दुई गाउँपालिका छत्रदेव र पाणिनीमा एकाएक चुनावी मैदानमा राजनितिक दलहरु होमिने भएका छन । छत्रदेव कांग्रेसको किल्ला हो भने, पाणिनीमा कांग्रेस एमालेको कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

प्रमुखका उम्मेदवार उपप्रमुखमा

राजनितिक दलहरुबिच तालमेल हुनुभन्दा पहिले मेयर पदमा उम्मेदवार भएका सन्धिखर्क नगरपालीकाबाट माओवादी केन्द्रका उम्मेदवार ठाकुर कुमार विक तालमेल भएसँगै उपमेयरमा लड्ने भएका छन । त्यस्तै भुमिकाथान नगरपालीकामा कांग्रेसबाट मेयरको रुपमा उम्मेदवार भएका खडानन्द बेल्वासे तालमेल भएसँगै उपमेयर लड्ने भएका छन । सितगंगा नगरपालीकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार टिका रेष्मी तालमेल भएसँगै उपमेयरमा लड्ने भएका छन ।

आ–आफनै चुनाव चिन्ह लिएर मैदानमा

तालमेल भएसँगै कांग्रेस र माओवादीका उम्मेदवार आ–आफनै चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिने भएका छन । जिल्लाका केही वडा भएको चुनावी तालमेलमा भने एउटै चुनाव चिन्ह लिएर मनोनयन गर्दै छन ।

मतदालाई चुनाव चिन्ह बुझाउन समय कम

चुनावी तालमेल भएसँगै मतदातालाई मत राख्न चुनाव चिन्ह बुभmाउन समय कम छ । चार गते मनोनयनका दिन दिनभर व्यस्त हुने, पाचँ गतेदेखी मतदातालाई तालमेलको चुनावी चिन्ह बुझाउन समय कम रहेको छ । एकपटक आ–आफनै चुनाव चिन्हबाट मतदातासँग मत माग्दै गएका राजनितिक दल तालमेल भएसँगै अव फेरी संयक्त मत माग्दै हिडनुपर्छ । सन्धिखर्क नगरपालीका साविकका सात गाविस मिलेर बनेको गाविस हो, जसमा १२ वटा वडा रहेका छन । मनोनयन दर्ता पछी जम्मा ६ दिन बाकिँ रहन्छ, ४८ घण्टा पहिले आचारसहिता लाग्छ, सवैको घरमा उम्मेदवार पुग्न गाहे छ । उम्मेदवार घरघरमा नपुग्दा मत बदर हुन सक्ने अनुमान गरेका छन ।

एमालेले सन्धिखर्क नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुखमा ईश्वरा पोखरेल, शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ, उपप्रमुखमा गीता भाट क्षेत्री, भुमिकास्थान नगरपालिकाको प्रमुखमा पिताम्बर भुसाल, उपप्रमुखमा सुनिता बेल्बासे, पाणिनी गाउँपालिकाको अध्यक्षमा जीवनारायण कोइराला, उपाध्यक्षमा लक्ष्मी गौतम, छत्रदेव गाउँपालिकाको अध्यक्षमा ऋषिराम अधिकारी, उपाध्यक्षमा मणि शर्मा पन्थी, मालारानी गाउँपालिकामा अध्यक्षमा बालकृष्ण आचार्य र उपाध्यक्षमा प्रमिला क्षेत्री लाई उम्मेदवार बनाएको छ ।

जनमोर्चाले सन्धिखर्क नगरपालिकाको प्रमुखमा कल्पना पोखरेल, उपप्रमुखमा पशुपति ढकाल, शीतगंगा नगरपालिकाको प्रमुखमा गोविन्द थापा, उपप्रमुखमा वासमता भट्टराई, भुमिकास्थान नगरपालिकाको प्रमुखमा कविराम खनाल, उपप्रमुखमा शकुन्तला राना, पाणिनी गाउँपालिका अध्यक्षमा देवी भुसाल, उपाध्यक्षमा राधा गौतम, छत्रदेव गाउँपालिका अध्यक्षमा हरि न्यौपाने, उपाध्यक्षमा कमला आचार्य, मालारानी गाउँपालिका अध्यक्षमा नरेन्द्र थापा, उपाध्यक्षमा तुलसा केसीलाई उम्मेदवार बनाएको छ ।

नयाँ शक्तीले सन्धिखर्क नगरपालिकाको प्रमुखमा यमुना भुसाल, उपप्रमुखमा टोपबहादुर बलाल, शीतगंगा नगरपालिकाको प्रमुखमा यागेश्वर गिरि उपप्रमुखमा पेमी गुरुङ, भुमिकास्थान नगरपालिकाको प्रमुखमा प्रेम बञ्जाडे, पाणिनि गाउँपालिकाको अध्यक्षमा माधव पोखरेल, उपाध्यक्षमा लीलावती पाण्डे घिमिरे, छत्रदेव गाउँपालिकाको अध्यक्षमा उज्ज्वल शाह, मालारानी गाउँपालिका अध्यक्षमा जिन्दक खड्का, उपाध्यक्षमा उषा पुरी थापा लाई उम्मेदवार बनाएको छ ।