अर्घाखाँचीमा फेरी शुक्रवारदेखि बन्दको घोषण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अर्घाखाँचीमा फेरी शुक्रवारदेखि बन्दको घोषण



हिमाल पोष्ट /अर्घाखाँची, २३ मंसिर ।

सरकारले ५ नम्बर प्रदेश टुक्राउने निर्णय विरुद्ध अर्घाखाँचीमा भोली शुक्रवार फेरी बन्दको आव्हान गरिएको छ । गएको हप्ता लगातार बुधवारदेखी सोमवार सम्म जिल्ला बन्द गरी मङगलवारबाट खोलएिको थियो ।

बन्द खुलेपछी केही चहलपहल बढेको सदरमुकाम सन्धिखर्क सहित ग्रामिण बजारमा भोली फेरी विहान ८ बजेदेखी ११ बजेसम्म बन्दको आव्हान गरिएको सङघर्ष समितीका अध्यष तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले हिमाल पोष्टलाई जानकारी दिनुभयो ।

भोली बिहान ८ बजेदेखी गरिने बन्दमा कलकारखाना, बजार, यातायात, शैक्षीक संस्था सवै बन्द गरिने साथै भोलीनै विहान ९ बजेदेखी मानव साङलो गरिने मुस्कानले जानकारी दिनुभयो ।