ठगी काण्डमा ‘ज्योतिष’ अर्जुन क्षत्री पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ठगी काण्डमा ‘ज्योतिष’ अर्जुन क्षत्री पक्राउ



काठमाडौँ- अफबाह फैलाएको आरोपमा पहिले पनि पक्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षत्री फेरि पक्राउ परेका छन् । ५० लाख रुपैयाँ ठगी काण्डमा उनि पक्राउ परेको स्रोतले बताएको छ ।

‘अख्तियारको सहसचिव’ हुँ भन्दै धम्क्याएर पैसा असुली गरिरहेको समयमा क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।

ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो । उनले आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै धेरैलाई धम्क्याएको हुनसक्ने अनुमान छ ।

नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र त्यहि रकम लिन जाँदा उनीसहित ३ जना पक्राउ परेको बताइएको छ ।

५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेका हुन् स्रोतले भन्यो ।