नेपालमा कोरोना सङ्क्रमण अर्को चरणमा प्रवेश - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

नेपालमा कोरोना सङ्क्रमण अर्को चरणमा प्रवेश



काठमाडौँ- नेपालमा कोरोना सङ्क्रमण नयाँ चरणमा प्रवेश गरेको छ । अहिलेसम्म विदेशबाट आएकालाई मात्र सङ्क्रमण भेटिएको थियो ।

स्वदेशमै रहेकी धनगढीकी एक महिलामा संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमण अर्को चरणमा प्रवेश गरेको पुष्टि भएको हो ।

दुबईबाट आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यसअघि कोरोना भाइरसको संक्रमण भएका सबै केसहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए।

बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ।

बाहिर नगएकी महिलालाई पहिलोपटक नेपालमा कोरोना भाइरसको संंक्रमण देखिएको छ।

शनिबार कैलालीका दुई र कञ्चनपुरका एकमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।