सेनाको आकस्मिक बैठक, सुरक्षा सतर्कता अपनाउने तयारी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सेनाको आकस्मिक बैठक, सुरक्षा सतर्कता अपनाउने तयारी



 
१८ बैशाख, काठमाण्डौ ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णयपछि उत्पन्न चुनौतीलाई ख्याल गर्दै नेपाली सेनाले सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

देशमा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्न आइतबार राति बसेको सेनाको पीएसओ बैठकले सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको हो ।
बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा महाअभियोग शब्द उल्लेख नगरी ‘देशमा हाल विकसित घटनाक्रम’ को समीक्षा भएको बताइएको छ ।

सरकारले बैशाख ३१ गतेका लागि स्थानीय चुनाव घोषणा गरिसकेको अवस्था छ । र, चुनावमा पछिल्लो सुरक्षा घेरामा रहने गरी सेना परिचालनको औपचारिक निर्णयसमेत भइसकेको छ ।

यो अवस्थामा निर्वाचनको सुरक्षा चुनौतीलाई समेत नेपाली सेनाले ध्यान दिएको अनुमान लगाउन सकिन्छ ।

यसैवीच आइतबार चितवनमा नेकपा मालेका उम्मेदवारमाथि गोली प्रहार भएको छ । सरकारले यसको आशंका विप्लव माओवादीमाथि गरेको छ । यो स्थितिमा नेपाली सेनाको बैठकले चुनावलाई लक्षित गरेर सुरक्षा सतर्कता अपनाएको हो या महाअभियोगपछि उत्पन्न परिस्थितिबारे लक्षित गरेको हो भन्ने खुलेको छ ।
श्रोत:-अनलाइल खबर