काराबाओ कपको सेमिफाइनलमा आर्सनल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काराबाओ कपको सेमिफाइनलमा आर्सनल



आर्सनल इंग्लिश लिग कप फुटबल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा वेष्ट ह्याम युनाइटेडलाई १ – ० ले पराजित गर्दै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले ड्यानी वेलब्याकको एक मात्र निर्णायक गोलमा वेष्ट ह्यामलाई पराजित गरेको हो । बल पोजिसनमा पकड जमाएको आर्सनललाई खेल अवधिभर वेष्ट ह्याम कडा टक्कर दिएको थियो । तर, आर्सनललाई अन्तिम चारमा स्थान बनाउन वेलब्याकले पहिलो हाफको ४२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

पहिलो हाफमा १ – ० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप गोल गर्न सकेनन । वेष्ट ह्यामको पोष्टमा आर्सनलले ८ पटक कडा आक्रामक गरेको थियो । तर, आर्सनलले थप गोल निकाल्न सकेन । यता, केहि गोलको अवसर खेर फाल्दा वेष्ट ह्याम क्वाटरफाइनलमै रोकिन पुग्यो ।

आर्सनलले सेमिफाइनलमा खेल्ने टोलीको तय बुधबार राति हुने छ । बुधबार राति हुने दुई क्वाटरफाइनल खेल सकिएसँगै सेमिफाइनल ड्र सार्वजनिक हुने छ । म्यानचेस्टर सिटी लेष्टरलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ । बुधबार राति चेल्सीले बर्नेमाउथ र म्यानचेस्टर युनाइटेडले ब्रिस्टोलको सामना गर्नेछ । जनवरीमा हुने सेमिफाइनल होम एण्ड अवे लिगको आधारमा हुनेछ ।
एजेन्सी ।