आर्ट अफ लिभिङबाट चिकित्सक सम्मानित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आर्ट अफ लिभिङबाट चिकित्सक सम्मानित



इटहरी, पुस १९ गते । जीवन जीउन कला सिकाउने द आर्ट अफ लिभिङले नेपालमा नै पहिलो पटक युरोलोजी अर्थात मिर्गौला, मूत्ररोग तथा नवजात शिशु रोगमा विशेषज्ञता हासिल गरेका दुईजना चिकित्सकलाई सोमबार धरानमा सम्मान गरेको छ ।

द आर्ट अफ लिभिङ, धरानकी डिडिसी सदस्य पार्वती श्रेष्ठको सक्रियतामा अङ्ग्रेजी नयाँ वर्ष २०१७ मनाउने क्रममा मूत्ररोग विशेषज्ञ डा सुधीर सिंह र नवजात शिशुरोग विशेषज्ञ डा पियुष कनोडियालाई सम्मान गरिएको हो ।

चिकित्सकद्वयलाई ७० वर्षीया वृद्धा सुभद्रा श्रेष्ठले दोसल्ला तथा सम्मानपत्रले सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्नुहुँदै डा सुधीर सिंहले आफू तीन वर्ष भारतका विभिन्न स्थानमा गएर मेहनतका साथ योग्यता हासिल गरी धरानमा काम गर्न पाउँदा आफूलाई धेरै नै खुसी लागेको बताउनुभयो ।

उहाँले आफूलाई सामाजिक संस्था द आर्ट अफ लिभिङले पहिलो पटक सम्मान गर्दा खुसीको सीमा नै नरहेको बताउनुभयो । सिंहले यस्ता खालका सम्मानले आफूलाई गृह जिल्लामा मात्र नभएर समाजको हरेक स्थानमा काम गर्न प्रेरणा प्रदान गरेको बताउनुभयो ।

अर्का सम्मानित डा पियुष कनोडियाले आफूलाई गरिएको सम्मानले अति नै खुसी तुल्याएको प्रतिक्रिया दिनुहँुदै आफूलगायतका केही साथीहरु भारतमा अध्ययन गर्दा पहिलो भएकोमा नेपालले पनि योग्य चिकित्सक पाएको बताउनुभयो ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको द आर्ट अफ लिभिङले हरेक मानवले गर्ने सामाजिक कार्यलाई सम्मानका साथ सहयोगी हात अघि बढाइराख्ने स्वयम्सेवक पार्वती श्रेष्ठले बताउनुभयो । रासस