देउवा, प्रचण्ड र नेपालबीच कोटेश्वरमा अर्थपूर्ण छलफल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देउवा, प्रचण्ड र नेपालबीच कोटेश्वरमा अर्थपूर्ण छलफल



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वरमा अहिले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीच भेटवार्ता जारी छ ।

नेता नेपालको सचिवालयका अनुसार सभापति देउवा, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा तीन नेताबीच छलफल भएको बताइएको छ । सर्वोच्च अदालतले पछिल्लो समय गरेको फैसला र त्यसपछि विकशित घटनाक्रमबारे पनि छलफल भएको बताइएको छ ।

एकातिर केपी ओलीसंग मिल्न नेपालमाथि दवाव बढाईएको र प्रदेश सराकर फेरबदलको चर्चा चलिरहेको बेला भएको तीन शिर्ष नेताहरूको छलफललाई अर्थपूर्ण मानिएको छ ।