कोरोना भाइरसकै कारण विश्वको अर्थतन्त्र यसरी तहसनहस हुनसक्छ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कोरोना भाइरसकै कारण विश्वको अर्थतन्त्र यसरी तहसनहस हुनसक्छ



बीबीसी- चीन एउटा नयाँ भाइरसका साथ संघर्ष गरिरहेको छ । यसले ८० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । चीनका लागि यो एक गम्भीर मुद्दा हो ।

विश्व स्वास्थ्य संगठनले यसलाई चीनका लागि आपतकालीन स्थिति भनेको छ । यद्यपि, अहिलेसम्म बाँकी विश्वका लागि यस्तो कुनै चेतावनी भने जारी गरिएको छैन ।

कोरोना भाइरसले गम्भीर आर्थिक परिणाम नल्याउनेमा दुईमत छैन । योसँगै आर्थिक परिणाम कति गम्भीर र कति असरदार होला भन्ने प्रश्न पनि उठ्छ ।

अहिले कोरोना भाइरसको प्रसार सुरुवाती चरणमा छ, यसै कारण पनि अर्थशास्त्रीहरू तत्काल आँकडा बताउन सकिरहेका छैनन् ।

चीनको पर्यटन व्यवसाय

विगतमा भएका यस प्रकारका घटनाबाट भएको आर्थिक नोक्सानलाई मध्यनजर गरी हामी अर्थ व्यवस्थामा कोरोना भाइरसको सम्भावित असरबारे भन्न सक्छौं ।

धेरै पुरानो कुरो होइन, सन् २००२–०३ का दौरान सार्सको महामारी फैलिएको थियो । यसको सुरुवात पनि चीनबाटै भएको थियो ।

तत्कालको अवस्थामा चीनलाई केही आर्थिक नोक्सान भने भएकै छ । देशका केही भागमा यात्रा प्रतिबन्ध लागु गरिएको छ ।

त्यो पनि यस्तो समयमा कि चिनियाँ नयाँ वर्षको समय हो र यो समयमा ठूलो संख्यामा मानिसहरू यात्रा गर्छन् । यस कारण पनि चीनको पर्यटन व्यवसायलाई झड्का लागिसकेको छ ।