ओली बा ! उपचारको लागि राँची जानुस । - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओली बा ! उपचारको लागि राँची जानुस ।



  • दीपक घिमिरे

सानै हुँदा एउटा गाली खुब प्रचलनमा थियो , तलाई राँची पुर्‍याउने । त्यति बेला गाली हो भन्ने मात्र थाहा थियो तर वास्तविक राँची पुर्‍याउने भन्या थाहा थिएन । अलि ठुलो भएसी थाहा पाए , पागल भएकाहरुलाई उपचारको लागि लगिने ठाउँ राँची रहेछ । पछि हाम्रै गाउँ बाट धेरै गए राँची , औषधि गर्न ।

नेपाली राजनीतिमा शीर्ष स्थान बनाएका केपि ओलीलाई मैले यति सजिलै राँची जाऊ भन्न नहुने हो तर वलीक पछिल्ला गतिविधिहरू राँची जानै पर्ने खालका देखिएका कारण मेरो सल्लाह छ “ ओली  बा ! उपचारको लागि राँची गैहाल्नुस । “ टिका-टिप्पणी तिनैको अलि बढी हुन्छ जो चर्चित हुन्छ । मैले ओलीको बारेमा टिप्पणी गरिरहदा कतिले भन्नुहोला “ राँची अब तलाई पुर्‍याउनु पर्छ । “ कति पढेर मुसुमुसु हास्दै हुनुहुन्छ होला । तर साँच्चै यति बेलाओली बा लाई राँची पुर्‍याउनै पर्ने महसुस मैले गरेको छु । नेपाली राजनैतिक इतिहासमा गफैले जनताको समर्थन बटुल्न सक्ने खुबी भएका नेता हुन ओली  ।

हतियारको बलले माओवादीले जनता हातमा लियो , बिपि , गणेशमान अनि कृष्णप्रसाद हरुको सिद्धान्तले काँग्रेसले जनताको मन जित्यो । हो मदन भण्डारी र मनमोहन अधिकारीको क्रियाकलापले एमाले बलियो बनेकै हो । तर पछिल्लो समय सकिदै , मासिदै गएको एमालेलाई यो अवस्थामा ल्याउन ओलीको सबैभन्दा ठुलो हात छ । यो सबैले मनन गर्नै पर्छ ।

तर जनताले साथ दिएकै बेला एउटा राजनेतामा हुने गुण भुलेर आफ्नै रटान अनि राष्ट्रबादि कहलिन हरेक सकारात्मक कामको नकारात्मक उखान टुक्का हालेर जनता भाडन खोज्ने ओलीलाई राँची पठाएर उपचार गराउनै पर्दछ । प्रतिपक्षको काम कुर्ची ताक्ने हैन , कुर्चिमा बसेकालाई सकारात्मक काममा अग्रसर गराउने हो । सही गर्दा समर्थन र गलत गर्दा विरोध गर्ने हो । तर सहीलाई पनि गलत देख्ने ओली प्रवृत्तिको उपचार न नेपालमा होला न त थाईल्याण्डमा सम्भव होला । त्यसैले एउटा सल्लाह ओलीलाई दिन्छु ! सकारात्मक सोच अनि देशलाई सकारात्मक बाटोमा डोर्‍याउन राँची जानुस , उपचार गर्नुस ।

आफू सत्तामा रहदा प्रचण्डलाई महान् नेता स्विकारेका ओलीले भद्र सहमति अनुसार सत्ता सुम्पन चाहेनन । कारण सजिलै बुझिन्छ , सत्ताको लोभ सबैलाई हुन्छ । उनलाई पनि त्यही लोभ थियो , कुर्चीमा टासिइरहने । तर जब प्रचण्डले बलजफ्ती सत्ताको बागडोर समाते तब देखि ओलीकै नजरमा प्रचण्ड गद्दार , दलाल अनि भारतीय लम्पसारबादी लाग्न थाले । सत्ता साझेदारमा रहदा सम्म प्रचण्ड त्यागी र निष्ठावान नेता हुने तर जब सत्ताको चाबी हातबाट फुस्कियो तब देखि दलाल भ्रष्ट अनि जंगली लाग्ने कस्तो खालको सम्बन्ध हो ? यस्तो स्वार्थी सोचको उपचार गर्न र नकारात्मक सोच हटाउन राँची पुग्नै पर्छ ।

ओली  बा आफूले गफैले सत्ता सम्हाले । सत्ता साझेदार माओवादीले पाउने जस पनि आफैले लिए । नाकाबन्दी जनताले सामना गरे तर हल्ला फिजाईयो “ भारत सामु बलि झुकेनन ! “ विभिन्न योजनाहरू सबै मन्त्री बसेर निर्णय लिए तर जस पाए ओलीले “ वा ओलीको रास्ट्रबादी नीति ! “ तर सबै गफमा सीमित भए । उनले जहाँ गए त्यहाँ मान्छे उचाल्ने भाषण गरे । मान्छेको मन छुने भाषण गरे तर काम शून्यमा झारे । भूकम्प पीडितको काम केही भएन , चाईना सँगका सम्झौताहरू कागजमा सीमित भए । परराष्ट्र नीति फितलो भयो । भूकम्प पीडितका नाममा आएका अरबौ डलर दाताहरुले फिर्ता लग । तर बलिले एउटा रटान छाडेनन “ जय स्वाभिमान ! बरु भोकै बसौ तर नझुकौ । “

आफू मस्तले बालुवाटार बस्दै गर्दा हामी चरम नाकाबन्दी र कालोबजारी सँग सामना गरिरह्यौ । तर जस लिए उनले । हामी जस दियौ पनि उनैलाई । देशको राजनैतिक वातावरण सहज होला अनि ओलीले गरेर देखाउलान भन्दै उनको हावा सपनामा उडिरहयौ । तर समय आउँदा , जनताको साथ पाउँदा पनि उनले देश र जनताको लागि एउटा माखो मारेनन बरु भनिरहे “ जय स्वाभिमान । “ उनले पाईपबाट पठाईदेको ग्यासले चुलो बलेन , उनको पानी जहाज चढेर खाडी पुग्न सकियन , उनको हावाबाट निस्केको बिजुलीले एउटा बल्ब समेत बोलेन । मात्र उनले देखाएको सपनामा मस्तले निदाईरह्यौ । उनको जय जयकार गर्दै ।

सत्ता साझेदारको समयावधि सकियो , कुर्चिमा सुपरग्लु ले चप्टे जसरी उठनै मानेनन । आफ्नै नेता कार्यकर्ताले भद्र सहमतिको पालना गर्न सिकाउदै गर्दा उखान् टुक्कैले उनीहरूलाई ठाउँ कि ठाउँ ढाले तर आफू ढल्न मानेन । आफैले गरेको सहमति भुल्नेलाई कहाँ उपचार सम्भव होला ? राँची त पुर्‍याउनै पर्छ । एउटा योजना सार्वजनिक गरेर त्यसलाई कार्यान्वयन तर्फ लाग्नुको साटो हावा गफ दिँदै हिडनेलाई कहाँ पुर्‍याउने ? आफ्नो देशको लागि हरेक नेपाली राष्ट्रबादी हुन । नेपालको लागि एमाले राष्ट्रबादी बाकी जम्मै भारतीय दलाल देख्ने बलिलाई मैले यति भन्दै गर्दा ओलीभक्तहरुले मलाई निक्कै अपशब्द प्रयोग गरेर गाली गर्नेछन । तर वास्ता गर्दैन म । किनभने ओली भक्तहरु नेपाली तर म भारतीय पक्कै होइन । मलाई पनि माया छ नेपालको ।

मैले बुझे अनुसार ओलीको अन्धो राष्ट्रबादले नेपालको भलो हुँदैन । हो ! ओली  जस्ता राष्ट्रबादी नेता चाहिन्छन तर हरेक कुरामा अडको थापेर देशलाई झन्- झन् दलदलमा फसाउन खोज्नेलाई संसद्मा पठाउने हैन बरु राँची पठाऊ । मानसिक सन्तुलन बिग्रे जस्तो हरेक कुराको हावामा टिप्पणी गर्ने ओली  जस्ता राजनेतालाई उपचार गरेर सही ठाउँ मा ल्याउने राष्ट्रको दायित्व हो ।

अस्ति भर्खरैको कुरा ! देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि अनेक लाल्छना वर्तमान सरकारलाई लगाएर नयाँ प्रधानमन्त्रीलाई बधाई पनि नदिई ओली बाहिरिय । कस्तो खालको राजनैतिक शिक्षा हो बलिको ? आफू सत्तामा भए सबै ठिक तर अरू सत्तामा भए सबै गलत । हिजो माओवादीको समर्थनमा आफू प्रधानमन्त्री हुँदा देउवा लगायत काँग्रेसले बधाई दिएको किन भुल्छन उनी ? देशका लागि को कत्तिको जिम्मेवार भन्ने कुरा उसको कार्यकालले देखाउछ । मैले यस्तो गरे , मैले यति गरे भनेर भन्नै पर्दैन । ओलीको कार्यकाल भन्दा सयौ गुणा फलदायी प्रचण्डको कार्यकाल भयो । भोलि प्रचण्डको भन्दा देउवाको पनि हुन सक्छ । तर अहिले अनुहार हेरेर छि छि गर्दै संसद् बाट बाहिरिने बलिको संस्कारलाई के भन्ने ? यस्ता अराजनैतिक चेतना भएका महोदयलाई राँची पुर्‍याउनै पर्छ ।

ओली  भक्तहरु सँग माफी माग्छु ! तर एउटा कुरा सम्झाउनुस । देशले नयाँ सम्बिधान पाएको बेला , देशले अग्रगामी निकास खोजेको बेला ओली प्रवृत्तिले देश उभो लाग्दैन । राष्ट्रघाती कदमको विरोध गर्दै राष्ट्रियताको सवालमा एक जुट हुनु पर्छ । ओलीले गलतको उखान टुक्कैबाट विरोध गरून् तर सहीलाई खुलेर सपोर्ट गरून् हैन भने “ ओली बा ! उपचारको लागि राँची जानुस !“ मेरो सानो सल्लाह यही हो ।
लौ अब हनुमान हरू ! सुरु गर्नुस गाली बर्साउन । तपाइको हैसियत अनुसार गाली गर्नुस मलाई ।