''अरू कोही रोज्यौ कि तिमीले मेरो माया मारी'' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

”अरू कोही रोज्यौ कि तिमीले मेरो माया मारी” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १३ 

गीतकार साजनको शब्दमा गायक तथा सङ्गीतकार टंक बुढाथोकीको आवाजमा ”अरू कोही रोज्यौ कि तिमीले मेरो माया मारी” बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा टंक स्वयंम आफ्नै सङ्गीत तथा एरेन्ज रहेको छ ।

यसै गरी यो गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा क्रिस्टिना थापा र चिरन अधिकारीको अभिनय रहेको छ ।
भिडियो लाई उत्सब दाहालले छायांकन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका छन् । प्रेम प्रसङ्गमा निर्माण गरिएको भिडियो लाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन् ।

https://youtu.be/sJxxFmCJ65Y