नेकपाका प्रभावशाली नेता पार्वत गुरुङबिरुद्ध 'वारेन्ट' जारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेकपाका प्रभावशाली नेता पार्वत गुरुङबिरुद्ध ‘वारेन्ट’ जारी



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) का प्रतिनिधिसभा सदस्य तथा प्रभावशाली नेता पार्वत गुरुङविरुद्ध ‘वारेन्ट’ जारी भएको छ ।

सांसद गुरुङलाई काठमाडौ जिल्ला अदालतले उपस्थित हुन वारेन्ट जारी गरेको हो । काठमाडौं जिल्ला अदालतले जारी गरेको वारेन्ट दोलखा प्रहरी कार्यालयले बुधबार सांसद गुरुङसमक्ष पेश गरेको छ ।

गुरुङ दोलखाका प्रभावशाली नेता हुन । २०७४ सालको निर्वाचनमा उनि ३० हजार १ सय ५३ मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

गुरुङले ५५ हजार ९ सय ५४ मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रबहादुर खड्कालाई २५ हजार ८ सय १ मत प्राप्त भएको थियो ।