काठमाडौंको असन इन्द्रचोकका व्पापारीलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौंको असन इन्द्रचोकका व्पापारीलाई कोरोना संक्रमण



काठमाडाैँ- काठमाडौंको मुटु मानिने, अत्यधिक भिडभाड हुने असनमा पसल गर्दै आएका पुरुष र महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूलाई शुक्रबार कोरोना संक्रमण देखिएकाे हो।

१९ दिनअघि भारतको सीतामढीबाट काठमाडौं फर्किएकी महिला परीवारमा घुलमिल भइ बसेकाे बताइएकाे छ । जसबाट परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ देखिएकाे हाे ।

उनीहरूसहित शुक्रबार काठमाडौं उपत्यकामा १६ जनालाई संक्रमण देखिएको थियो । यसमध्ये ती दिदीभाइसहित नौ जनालाई लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमप्रसाद कोइरालाले बताए ।

कोइरालाका अनुसार बिहीबार पनि १० जनामध्ये २ जनामा लक्षण देखिएको थियो । एक जना कालीमाटीमा तरकारी पसल गर्ने पुरुष हुन् । उनी पनि भारतबाट फर्केका हुन् ।

त्यस्तै, बाराका एक स्वास्थ्यकर्मीलाई ज्वरो देखिएपछि उपचारका क्रममा काठमाडौं आए, परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । श्रीमतीको स्वाब परीक्षण गर्दा उनलाई पनि कोरोना देखिएको छ । दुवैमा कोरोनाको लक्षण पाइएको छ ।

सरकारले लकडाउन खुलाउने निर्णय सार्वजनिक भएकै दिन असार ६ मा १५ जनामा कोरोना देखिएकोमा ५ जनामा लक्षण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ४ सय ९ संक्रमितमध्ये २ सय २८ जना सक्रिय संक्रमित छन् ।