असार ८ गतेदेखि हुने भयो कक्षा ११ को बोर्ड परीक्षा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

असार ८ गतेदेखि हुने भयो कक्षा ११ को बोर्ड परीक्षा



काठमाडौं

असार १ गतेदेखि हुने भनिएको कक्षा ११ को बोर्ड परीक्षा असार ८ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले असार ८ गतेदेखि १८ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली राम रिमालले एजुकेशन न्यूजलाई जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका कारण बैशाख २४ गते जेठ ३ सम्मका लागि तय गरिएको परीक्षा स्थगित गरी असार १ गतेदेखि गर्ने निर्णय गरिएको थियो ।तर जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने भएपछि पुनः परीक्षा सारिएको रिमालले बताए ।“यस अगाडि २/३ विषय मात्रै पछि सार्ने बारेमा छलफल भएको थियो, तर विद्यार्थीलाई समस्या पर्ने देखिएकाले पूरै रुटिन सारिएको हो” रिमालले भने ।

जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक सातामा सकिन्छ भन्ने विश्लेषणका आधारमा असार ८ गतेलाई तय गरिएको उनको भनाइ छ ।