भुवन पण्डित र पबित्रा अधिकारीको दसैँ कोशेली “आशिष दिए पुग्छ”(भिडियो सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

भुवन पण्डित र पबित्रा अधिकारीको दसैँ कोशेली “आशिष दिए पुग्छ”(भिडियो सहित)



हिमाल पोस्ट /असोज ८ 

नेपालीहरूको महानवर्प बडादशैं आएसंगै दसैँ विशेष गीतहरू पनि बजारमा लगातार आइरहेका छन् । यसै क्रममा भुवन पण्डित र पबित्रा अधिकारीको दसैँ कोशेली “ आशिष् दिए पुग्छ” सार्वजनिक भएको छ । हिन्दु नेपालीहरूको महानचाड दसैँ र तिहारलाई समेटेर तयार भएको गीत बजारमा आएको हो ।

दसैँ तिहारका बेला परदेशीहरु घर आउन नपाउनुको पिडा समेटिएको गीतमा गायक / गायिका प्रनिल गुरुङ र पवित्रा अधिकारीको स्वर रहेको छ भने प्रनिल गुरुङले नै शब्द / सङ्गीत गरेका छन् ।

खमेश श्रेष्ठको निर्देशनमा बनेको भिडियोलाई सागर गौतमले खिचेका छन् यस्तै रमित अोलीको सम्पादन रहेको छ । भिडियोमा भिमशेन् / रमा / इसिका र देवाकरको अभिनय देख्न सकिन्छ । गीतलाई सफलता म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।